सत्तामा पुगेपछि जसपामा चुलियो कलह
नेपालबहस संवाददाता
जेठ २५, २०७८ मंगलबार १७:२४:५५
२५ जेठ, काठमाडाैं । लामो विवाद र गलफत्तीका बीच गएको शुक्रबार सरकारमा गएको जनता समाजवादी पार्टी महन्थ–राजेन्द्र समूहको राजनीतिक भविष्य आजको सर्वाेच्च अदालतको फैसलाले निर्धारण गर्ने देखिएको छ ।
चुनावी सरकारको हैसियतमा पुगेको केपी ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद पुनर्गठन गर्नु असंवैधानिक भन्दै हिजो सर्वाेच्च अदालतमा रिट दायर भएको छ । रिट उपर आज सुनुवाई हुँदैछ ।
सर्वाेच्चमा परेको रिटमा शुक्रबार बनाइएका मन्त्रीहरुलाई काम गर्न तत्कालै रोक लगाउने अन्तरिम आदेशसमेत माग गरिएको छ । अदालतले त्यस्तो अन्तरिम आदेश जारी ग¥यो भने यो पक्षको राजनीतिक भविष्य संकटमा पर्न सक्छ ।
पार्टी कार्यकारिणी परिषदमा अल्पमतमा रहेको महन्थ – राजेन्द्र समूहका नेतामाथि संस्थापन पक्षले कारबाही गरिसकेको छ । निर्वाचन आयोगले यसबारे निर्णय गर्दा महन्थ – राजेन्द्र पक्षलाई अफ्ठेरो पर्न सक्ने देखिएको छ ।
कदाचित प्रतिनिधिसभा पुनस्थापना भयो भने महन्थ–राजेन्द्र पक्षले सांसद पदसमेत गुमाउने अवस्था आउन सक्ने देखिएको छ । त्यसैले अदालतको फैसलाले यो पक्षको राजनीतिक भविष्यको निर्धारण गर्ने देखिएको छ ।
महन्थ पक्षमै रडाको
अदालतको फैसला नआएसम्म सरकारमा नजाने पक्षमा रहेका महन्थ ठाकुर अन्ततः गल्ने अवस्था आयो । खासगरी राजेन्द्र महतोले तत्कालै सत्तामा जाने अड्डी लिएपछि ठाकुरले ८ जनालाई मन्त्री र २ जनालाई राज्यमन्त्री बनाउने गरी ओली नेतृत्वको सरकारमा पठाए । यसरी मन्त्री बन्ने सूचीमा दुई जना परेनन् । राजकिशोर यादव र प्रमोद साह । यादव र साहले मन्त्री बन्ने मनस्थिति बनाएका थिए । तर राजेन्द्र महतोका कारण सम्भव भएन । त्यसैले अहिले यही समूह भित्रपनि ठूलै रडाको मच्चिएको छ ।
मन्त्री बन्न नपाएका यादव अहिले पार्टी सम्पर्कमा समेत छैनन् । साह सम्पर्कमा भएपनि रुष्ट छन् । उनले भनेका छन्–पार्टीलाई अप्mठेरो पर्दा बोल्ने र गर्ने सत्तामा जानेबेला चाहिं आवश्यक देखिएन । आफूले ठाकुर र महतोको राजनीति बलियो बनाउन सधैं साथ र समर्थन गरेको तर नेताहरुले अवसर भने अरुलाई दिएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।
यस्तै यादव पनि अहिले मौन छन् । तर उनको असन्तुष्टी पनि चर्कै रहेको छ । राष्ट्रिय जनता पार्टीमा रहँदा अध्यक्ष मण्डल सदस्यसमेत रहेका यादव मात्र मन्त्री बन्नबाट छुटेका छन् । अध्यक्ष मण्डलका ६ जनामध्ये तीन जना मन्त्री बनेका छन् । महतो, शरतसिंह भण्डारी र अनिलकुमार झा मन्त्री बनेका छन् । ठाकुरले सरकारमा जाने चाहना गरेनन् भने महेन्द्र यादवले कित्ता नै बदलेर उपेन्द्र महतोसँग पुगेका छन् । छुटेका छन् त केवल यादव । यादवले आफ्नो असन्तुष्टी कसरी प्रकट गर्लान् त्यो आउने दिनमा प्रष्ट होला नै ।
कित्ता फेर्ने सम्भावना
प्रतिनिधिसभा पुनस्थापना भएको अवस्थामा हाल मन्त्री नभएका अधिकांशले कित्ता परिवर्तन गर्ने सम्भावना रहेको छ । खासगरी हिजो उपेन्द्र महतोसँग रहेकाहरु जो मन्त्री बन्नबाट बञ्चित भए उनीहरु त अहिल्यै नै कित्ता फेर्न उत्सुक देखिएका छन् । रुही नाथ र कल्लुदेवी विश्वकर्माले आफूहरु तत्कालै उपेन्द्र पक्षमा जान चाहेको निकटस्थहरुसँग भन्न थालेका छन् । मन्त्री बनाउँछु भनेर महतोले कित्ता फेर्न लगाएको तर आफू मात्रै सत्तामा गएको भन्दै उनीहरु रुष्ट भएका हुन् ।
यही अवस्था रह्यो भने ठाकुर–महतो पक्षमा कतिबेला पहिरो जाने हो भन्न सक्ने अवस्था छैन– कार्यकारिणी परिषद एक सदस्यले भने । त्यसको निर्धारण अदालतको फैसलाले नै गर्ने पनि उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार