अमेरिकी इन्धन पाइपलाइनमा साइबर हमला, आपूर्ति ठप्प !
नेपालबहस संवाददाता
जेठ २५, २०७८ मंगलबार १७:४०:११
२५ जेठ, वासिङ्टन । अमेरिकी इन्धन पाइपलाइनमा साइबर हमला भएपछि आपत्काल घोषणा गरिएको छ । जर्जियामा मुख्यालय रहेको कोलोनियल पाइपलाइनमा स्थानीय समयानुसार शुक्रबार र्यान्समवेय साइबर हमला भएपछि आपत्काल घोषणा गरिएको हो ।
शुक्रबार साइबर हमलापछि आपूर्ति ठप्प भएको र सञ्चालन गर्ने प्रयास जारी रहेको अधिकारीहरुले बताएका छन् । कोलोनियल पाइपलाइनबाट प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति हुन्छ, जुन इष्ट कोस्ट राज्यमा खपत हुने इन्धनको ४५ प्रतिशत हो ।
सोमबार अमेरिकामा इन्धनको मूल्य २–३ प्रतिशतले बढ्ने विज्ञहरुको अनुमान छ । तर, समयमा पाइपलाइन सञ्चालन गर्न नसकिए इन्धनको मूल्यवृद्धि अझै बढ्न सक्छ । आपत्काल घोषणापछि अब इन्धन सडकमार्गबाट ढुवानी गर्न सकिने जनाइएको छ ।
सूत्रहरुका अनुसार उक्त साइबर हमला ‘डार्कसाइड’ नामक आपराधिक समूहले गरेको हो । कोलोनियलको नेटवर्कमा छिरेर १०० जीबी डेटामा पकड जमाएर फिरौती माग गरिएको छ । ह्याकरहरुले २० लाख अमेरिकी डलर फिरौती मागेका छन् । तोकेको समयमा रकम नदिए फिरौती रकम ४० लाख डलर पुग्ने उनीहरुले धम्की दिएका छन् ।
यो हमलाको एउटा कारण कोरोना महामारीलाई पनि मानिएको छ । महामारीपछि इन्जिनियरहरुले घरबाटै पाइपलाइनको नेटवर्कमा पहुँच पाएपछि ह्याकरहरुलाई पनि सहज भएको डिजिटल स्याडोजले जनाएको छ ।
डार्कसाइड त्यति ठूलो आपराधिक समूह नभए पनि यो घटनाले र्यान्समवेयका कारण महत्वपूर्ण औद्योगिक संरचनाहरु खतरामा परेको देखाएको छ । यो समूहले डाटा चोरी गरी फिरौती माग्ने र फिरौती नदिए डाटा सार्वजनिक गर्दै आएको छ । बीबीसी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार