मंगलबार , असार १, २०७८

विश्व स्वास्थ्य सङ्गठनद्वारा बढी मूल्य तिरी खोप खरीद् नगर्न आग्रह

विश्व स्वास्थ्य सङ्गठनद्वारा बढी मूल्य तिरी खोप खरीद् नगर्न आग्रह

२५ जेठ, जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्व समुदायलार्ई बढी मूल्य तिरेर खोप खरीद नगर्न आग्रह गरेको छ ।

सङ्गठनले खोपको अभाव भइरहेको समय बढी मूल्य तिरेर खोप खरीद भएका सूचनाहरूलाई सम्बोधन गर्दै महामरीका समय मध्यस्थकर्ताहरूबाट अत्यधिक मूल्य निर्धारण गरी खोप खरीद गर्ने खतराबारे सोमबार चेतावनी दिएको हो । कोभिड–१९ उपचारका क्रममा प्रयोग गरिने उत्पादनको स्तर पहिचान गर्नु अतिआवश्यक रहेको पनि बताएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

“मध्यस्थहरूले निर्माता कम्पनीले बेचेकोभन्दा अत्यधिक बढी मूल्यमा खोप बिक्री गरिरहेका छन् भन्ने सूचनाहरू पाएका छौँ । यो पक्कै पनि चिन्ताको बिषय हो । यसप्रति विश्वास स्वास्थ्य संगठनको ध्यानाकर्षण भएको छ ।” औषधि तथा स्वास्थ्य सामग्री पहुँचका लागि सहायक निर्देशक औषधि पहुँच प्रत्याभूत गर्न बनेको संगठनको समितिका महानिदेशकले मारियान्गेला बटिस्टा गलभाओ सिमाओले पत्रकार सम्मेलनमा भने ।

खोप किन्नका लागि मध्यस्थको भूमिकाको बिषयलाई संयुक्त अरब इमिरेट्समा हालै बिचौलियाले घाना र पाकिस्तानलाई स्पुतनिक खोपलाई वास्तविक मूल्यको दोब्बर मूल्य लिएर आपूर्ति गरेको समाचार बाहिरिएपछि संगठनले नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको बिषयमा यसो नगर्न चेतावनी दिएको हो ।

सिमाओले कुनै पनि मसुलुकले खोप तथा स्वास्थ्य सामग्रीको खारीद् गर्दा कि त कम्पनीमा सिधै सम्पर्क गर्ने वा मध्यस्थकर्ता वैध हो वा होइन प्रष्ट भएर मात्रै काम गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

कोभिड खोप र स्वास्थ्य सामग्रीसँग जोडिएका यी बिषयमा धेरै भ्रम सिर्जना भएको अनेकौँ सामग्रीले स्वास्थ्य मापदण्ड अनुसार अनुसन्धान पूरा गरे नगरेको निश्चित गर्नको लागि निर्मातालाई सम्पर्क गर्नु बाञ्छनीय हुने उनले बताए । उनले प्रमाणित खोप तथा स्वास्थ्य सामग्रीको प्रयोग संक्रमणविरूद्धको अभियानमा आवश्यक भएको पनि उनले बताए ।

नयाँ खोपहरू स्वीकृति दिन संगठनले प्रयोग गरेको आपतकालीन प्रयोग सूचीलाई उल्लेख गर्दै उनले भने, “कतिपय देशहरूले आपतकालिन प्रयोगका लागि अनुमतिको सूचीमा रहेका खोपहरूलाई अनसन्धान पूराभएपछि नतिजाका आधारमा स्थायी उपचार तथा रोकथामका लागि प्रक्रिया अघि बढाइनुपर्छ ।”

हालसम्म कोभिड–१९ को उपचारमा आपतकालिन प्रयोगका लागि डब्लुएचओले आठ खोपलाई मान्यता दिएको छ । सिनोफार्म र सिनोभ्याक विश्वका धेरै देशहरूमा वितरण भइसकेका दुई चिनियाँ खोप हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आजदेखि महिला भलिबल टिमको बन्द प्रशिक्षण सुरु आजदेखि महिला भलिबल टिमको बन्द प्रशिक्षण सुरु २ घण्टा पहिले
अनौठो यात्रामा निस्किएका हात्तीहरू यसरी सुते [ हेर्नुहोस् भिडियाे ] अनौठो यात्रामा निस्किएका हात्तीहरू यसरी सुते [ हेर्नुहोस् भिडियाे ] १८ घण्टा पहिले
नेपाल प्रहरीको डिएसपी हुँ भन्दै भ्रम सिर्जना गर्ने पक्राउ नेपाल प्रहरीको डिएसपी हुँ भन्दै भ्रम सिर्जना गर्ने पक्राउ १० घण्टा पहिले
बैतडीमा असार १५ गतेसम्म निषेधाज्ञा थप बैतडीमा असार १५ गतेसम्म निषेधाज्ञा थप २३ घण्टा पहिले
शाङ्पा फाउण्डेशनद्वारा स्वास्थ्य सामग्री सहयोग शाङ्पा फाउण्डेशनद्वारा स्वास्थ्य सामग्री सहयोग ४ मिनेट पहिले
करिब १० करोड घाटामा रहेको खानीखोलाको उच्च शेयर खरिद माग, बिक्रीकर्ता कति ? करिब १० करोड घाटामा रहेको खानीखोलाको उच्च शेयर खरिद माग, बिक्रीकर्ता कति ? १९ घण्टा पहिले
भेरीमा भोलीदेखि ओपीडी सेवा पुनः सञ्चालन गरिने भेरीमा भोलीदेखि ओपीडी सेवा पुनः सञ्चालन गरिने १५ घण्टा पहिले
नर्भिकमा असार २८ देखि जेनेटिक ल्याबसहितको आइभिएफ सेन्टर संचालनमा आउने नर्भिकमा असार २८ देखि जेनेटिक ल्याबसहितको आइभिएफ सेन्टर संचालनमा आउने १४ घण्टा पहिले