मंगलबार , असार ८, २०७८

आधार नेपालद्धारा स्वास्थ्य सामग्री सहयोग

आधार नेपालद्धारा स्वास्थ्य सामग्री सहयोग

२४ जेठ,सिमकोट । शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको आधार नेपालले जिल्लाका दुई स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना कहरमा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन सिमकोट र नाम्खा गाउँपालिकालाई सहयोग गरेको संस्थाका संयोजक कञ्जोक लामाले जानकारी दिए ।

संयोजक लामाले सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामा र नाम्खा गाँपालिकाका अध्यक्ष विष्णुबहादुर लामालाई थर्मलगन, १५० थान केएन ९५ मास्क, पाँच जहार थान सर्जिकल मास्क, १२ बोत्तल सेनिटाइजर, १०० सर्जिकल ग्लोब्स, ५७६ पिस हेन्ड वासिङ, ३० थान फेससिल्ड, २० बोत्तल लिक्वीट सप हस्तान्तरण गरिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

सामग्री बुझ्दै सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले संस्थालाई धन्यवाद दिए । हस्तान्तरित स्वास्थ्य सामग्रीले कोरोना कहरसँग लड्न थप बल पुग्ने भन्दै अध्यक्ष लामाले कोरोना विरुद्धको लडाइमा सबै एक हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय