बुधबार , असार २, २०७८

मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमालेका प्रदेशसभा सदस्यलाई कारवाहीको तयारी

मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमालेका प्रदेशसभा सदस्यलाई कारवाहीको तयारी

२५ जेठ, काठमाडौं । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएर सरकार जोगाउने एमालेका प्रदेशसभा सदस्यलाई कारवाहीको तयारी गरिएको छ । पार्टीको निर्देशन र ह्वीप उल्लंघन गरी मूख्यमन्त्री भट्टको सरकारलाई विश्वासको मत दिएकाले उनीहरुलाई कारवाही हुने भएको हो ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्रसिंह रावलले भट्टलाई विश्वासको मत दिने सांसदलाई कारवाहीका लागि पार्टीमा सिफारिस गरिएको बताए । ‘पार्टीको निर्देशनविपरित मुख्यमन्त्रीलाई विश्वासको मत दिनेलाई कारवाही गरिने छ, पार्टीको निर्देशनविपरित जानेलाई कारवाही हुन्छ, त्यसका लागि केन्द्रमा सिफारिस गराउने तयारी भैरहेको छ’, रावलले भने ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

मुख्यमन्त्री भट्ट माओवादी केन्द्रका नेता हुन् । एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै सरकारमा रहेका मन्त्रीलाई फिर्ता आउन निर्देशन दिएको थियो । तर, केन्द्रको निर्देशनविपरीत एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गर्नुका साथै नेता माधव नेपाल पक्षले भट्टको मन्त्रिपरिषदमा मन्त्री थप गरेको थियो ।

त्यसलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम संसदीय दलका नेता प्रकाश शाहलाई स्पष्टीकरण सोधेका थिए । शाहले स्पष्टीकरणको जवाफ पनि दिएका छन् । तर, पाटीले कारवाही गरेको छैन । मुख्यमन्त्री भट्टले विश्वासको मत लिए लगत्तै माधवकुमार नेपाल समूहका नेता भीम रावलले भट्टलाई बधाई दिइसकेका छन् ।

‘सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाई ! विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि?’, नेता रावलले भनेका छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद मिलाउन दुई दिन अघि पुरानो कमिटी व्यूताउने घोषणा गरेपनि नेपालले पक्षले त्यसलाई धोकाको संज्ञा दिएर सुदुरपश्चिम प्रदेशमा आफू निकटका सांसदलाई मूखयमन्त्री भट्टको पक्षमा मतदान गर्न निर्देशन दिएको थियो । सोही अनुसार उनीहरुले मतदान गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय