बुधबार , असार २, २०७८

ओलीको ओरालो लाग्दो सत्तायात्रा

ओलीको ओरालो लाग्दो सत्तायात्रा

२५ जेठ, काठमाडौं । लामो समय सत्ताको रगजगमा मग्न नेकपा एमालेको केपी ओली समूहको हालत विस्तारै ओरालो लाग्न थालेको छ । यसको पछिल्लो श्रृँखला देखियो–सुदूरपश्चिम प्रदेशसभामा । मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभामा विश्वासको मत लिनेक्रममा एमालेकै माधव नेपाल पक्षको साथ र समर्थनले ओली पक्षलाई चार चित ख्वाइदिएका छन् ।

एमालेले मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने निर्देशन दिएपनि नेपाल पक्षको बहुमत रहेको संसदीय दलले समर्थन गर्ने निर्णय ग¥यो ।सोही बमोजिम भएको मतदानमा एमालेकै १७ जनासहित ३० मत पाए । उनको विपक्षमा ९ मत प¥यो । एमालेको ओली पक्ष र जनता समाजवादीको २ मत विपक्षमा परेको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रदेशसभामा ५१ सदस्य रहेका छन् । नेपाली कांग्रेसले भने मतदानमा भाग लिएन । यद्यपि सरकार ढल्ने अवस्था आएको थियो भने कांग्रेसले पनि पक्षमै मतदान गर्नेवाला थियो । कांग्रेसको यो निर्णयले ओली पक्षलाई अर्काे झड्का मिल्यो । किनभने अब प्रतिपक्षीको भूमिका पनि कांग्रेसले प्राप्त गरेको छ । ओली पक्षले त्यो भूमिकासमेत पाएन ।

यसअघि पनि एमालेकै माधव नेपाल पक्षले फ्लोर क्रस गरिदिंदा कर्णाली प्रदेश सरकारसमेत जोगिएको थियो । ओलीले एकलौटी गर्न थालेपछि नेपाल पक्षले प्रतिरोध गर्न यस्तो रणनीति अपनाएका हुन् । यो परिवेश संघीय सरकारमा समेत देखिएको छ ।

नेपाल पक्षका २३ जना सांसदले ओलीविरुद्ध हस्ताक्षर गरी प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन प्रस्ताव गरेको अवस्था छ । सो उपर सर्वाेच्च अदालतमा रिट परेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय