सोमबार , असार ७, २०७८

पोखरामा बहिनी एडुकेयर फाउण्डेशनद्वारा राहत वितरण

पोखरामा बहिनी एडुकेयर फाउण्डेशनद्वारा राहत वितरण

२५ जेठ,पोखरा । पोखरा महानगरपालिका–२३ मा १०० जनालाई राहत वितरण गरिएको छ । पत्रकार भानु पराजुलीका पहलमा बहिनी एडुकेयर फाउण्डेशनको आर्थिक सहयोगमा विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।

कोरोना महामारीका कारण जारी निषेधाज्ञाले ज्याला मजदूरी गरेर दैनिक गुजारा चलाउनेको जीवन कष्टकर बन्दै गएपछि उनीहरुका लागि राहत वितरण गएिको फाउण्डेशनका निर्देशक सुरेन्द्र परियारले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

उनका अनुसार २५ केजी चामल, पाँच केजी दालसहित मास्क र साबुन गरी उक्त वडाका १०० लाई राहत सामग्री वितरण गरिएको हो । राहत वितरण गर्दै उक्त वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले कोरोना महामारीले विपन्न परिवारलाई झनै समस्यामा पारेका जनाउँदै फाउण्डेशनले सहयोगले विपन्न परिवारलाई राहत मिलेको बताए । उनले फाउण्डेशनलाई धन्यवाद दिँदै कठिन वस्थामा हुनेले नहुनेलाई दिएर मानवीय कर्तब्य पूरा गर्न आग्रह गरे ।

सिद्ध बराह माविका अध्यक्ष उपेन्द्र पराजुली तथा शिक्षक प्रेम पराजुलीसहितको सहयोगमा वितरण गरिएको राहतमा छुटेका परिवारको पहिचान गरेर थप राहत वितरण गरिने फाउण्डेशनका निर्देशक परियारले जानकारी दिए ।

यसैबीच उक्त वडाका वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले अक्सिजन प्लान्टका लागि रु एक लाख दिने घोषणा गरेका छन् । अध्यक्ष पराजुलीले वडाको तर्फबाट संस्थागत निर्णय गराइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्टका लागि उक्त रकम दिने घोषणा गरेका हुन् । पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट स्थापना र आइसियू बेड थप्नका लागि “रु १०० दान गरौँ, महामारीमा प्राण राखौँ” भन्दै बतास फाउण्डेशनका पहलमा अभियान चलेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पानीको बहाव बढेपछि गण्डक ब्यारेजका सबै ढोका खुला पानीको बहाव बढेपछि गण्डक ब्यारेजका सबै ढोका खुला ६ दिन पहिले
सोसल मिडिया व्यवस्थित गर्ने सम्बन्धमा सरोकारवालासँग काउन्सिलको अन्तरक्रिया सोसल मिडिया व्यवस्थित गर्ने सम्बन्धमा सरोकारवालासँग काउन्सिलको अन्तरक्रिया ४ दिन पहिले
प्रदेश पत्रकार महासंघसंग सहकार्य गर्ने मन्त्री पाण्डेको प्रतिबद्धता प्रदेश पत्रकार महासंघसंग सहकार्य गर्ने मन्त्री पाण्डेको प्रतिबद्धता ७ दिन पहिले
सडक दुर्घटनामा सञ्चारकर्मीको मृत्यु, टिपर चालक नियन्त्रणमा सडक दुर्घटनामा सञ्चारकर्मीको मृत्यु, टिपर चालक नियन्त्रणमा २ दिन पहिले
कलाकार घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालन कलाकार घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालन ६ दिन पहिले
मनाङेको अभिव्यक्तिप्रति राखेपको गम्भीर ध्यानाकर्षण, कारबाहीको माग मनाङेको अभिव्यक्तिप्रति राखेपको गम्भीर ध्यानाकर्षण, कारबाहीको माग ६ दिन पहिले
कांग्रेस नेता खतिवडाले गरे अक्सिजन सिलिण्डर सहयोग कांग्रेस नेता खतिवडाले गरे अक्सिजन सिलिण्डर सहयोग ६ दिन पहिले
मदनभण्डारी प्रतिष्ठानलाई स्नातकसम्म अध्यापन गर्ने अनुमति मदनभण्डारी प्रतिष्ठानलाई स्नातकसम्म अध्यापन गर्ने अनुमति ६ दिन पहिले