मंगलबार , असार १, २०७८

सबै वडा सडक सञ्जालमा जोडिएसंगै सामग्री ढुवानीमा सहज

सबै वडा सडक सञ्जालमा जोडिएसंगै सामग्री ढुवानीमा सहज

२५ जेठ,फुङ्लिङ । ताप्लेजुङको सबै वडा सडक सञ्जालले जोडिएका छन् । जिल्ला सदरमुकामदेखि सबै गाउँपालिकाका वडामा मोटर पुग्न थालेका हुन् । गत हप्ता सिरिजङ्घा गाउँपालिका–६ मामाङखेमा सडक पुगेसँगै जिल्लाका सबै वडामा सडक सञ्जालले जोडिएको जनाइएको छ ।

साठी वडामा अगाडि नै सडक पुगेको थियो । जिल्लाको सबै वडाका सडक पुगेको सिरिजङ्घा ६का वडाअध्यक्ष पूर्णसिंह लिम्बुले जानकारी दिए । जिल्लामा नौ स्थानीय तहमा ६१ वडा रहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

क्षेत्रफलको हिसाबले जिल्लाकै ठुलो फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला चीनसँग प्रत्यक्ष सडकसञ्जालले जोडिएको छ । ओलाङचुङगोलादेखि २४ किलोमिट तलसम्म चीनतर्फबाट सडक खन्ने काम भएको छ । यसैगरी सुनसरीको चतरादेखि तमोर कोरिडोर सडक चीनसँग जोडिन तीन किलोमिट मात्र बाँकीरहेको छ । राष्ट्रिय गौरवको सो सडक आयोजना कार्यालयका सूचना अधिकारी माधव पौडेलले जानकारी दिए ।

मिव्वाखोला गाउँपालिका–५ पापुङ गाउँमा सदरमुकामदेखि वडाको सीमानामा सडक प्रवेश गरेको मिक्वाखोला–५ का वडाध्यक्ष डण्डु लामाले जानकारी दिए । वडा कार्यालयसम्म पुग्न केही समय लाग्नेभए पनि आफ्नो वडामा सडकले जोडिएको उनले बताए । स्थानीय सरकारले योजना बनाउँदा सडकलाई पहिलो प्राथमिता दिएकाले दुर्गम बस्तीदेखि सदरमुकामसँग प्रत्यक्ष सडक सञ्जालले जोडिन पुगेको हो ।

जिल्लाका प्रत्येक वडामा सडक पुगेसँगै स्थानीय समुदायलाई दैनिकीमा सहज भएको छ । जिल्लाको सबै वडामा सडक पुगेसँगै गाउँगाउँमा सार्वजानिक यातायातको लागि टिकेट काउन्टर खोलिएका छन् । दैनिक सदरमुकादेखि विभिन्न गाउँगाउँमा गाडी लाग्ने गरेको छ । कच्ची बाटो भएकाले ठुलो सिटको बस भने जान सकिरहेका छैनन् ।

आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकादेखि धरानसम्म दैनिक बस सेवा सञ्चालन हुन थालेको छ । मेरिङदेन गाउँपालिकाको दोभानदेखि विगतदेखि नै विर्तामोड,दमक विराटनगर बस सेवा सञ्चालन भएको छ । सिरिजंघाको खाम्देम्बे बजारदेखि विगतदेखि नै विर्तामोड,दमक विराटनगर बस सेवा सञ्चालनमा छ । गाउँगाउँमा सडक सञ्जालले जोडिएसँगै गाउँदेखि सदरमुकाम जोडिएका छन् । गाउँगाउँ सडक सञ्जालले जोडिएसँगै आवश्यक खाद्यान्न सामग्री ढुवानीमा सहज भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कोरोना रोकथाममा सहयोग गर्न  एम्नेस्टीको आह्वान  कोरोना रोकथाममा सहयोग गर्न एम्नेस्टीको आह्वान  २० घण्टा पहिले
नेशनल माइक्रोफाइनान्सको शेयरमा आइतबारसम्म आवेदन दिन सकिने नेशनल माइक्रोफाइनान्सको शेयरमा आइतबारसम्म आवेदन दिन सकिने ४ दिन पहिले
सरकारको आँखा छलेर पूरानो नक्सा अंकित पुस्तक बिक्री गर्नेलाई कारबाही गरिने सरकारको आँखा छलेर पूरानो नक्सा अंकित पुस्तक बिक्री गर्नेलाई कारबाही गरिने ६ दिन पहिले
मनाङे मन्त्रीपदबाट पदमुक्त मनाङे मन्त्रीपदबाट पदमुक्त ४ दिन पहिले
६० करोडको आईपीओ ल्याउने तयारीमा रहेको रिलायबल नेपालले डाक्यो साधारणसभा ६० करोडको आईपीओ ल्याउने तयारीमा रहेको रिलायबल नेपालले डाक्यो साधारणसभा २ दिन पहिले
सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने:मन्त्री तामाङ सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने:मन्त्री तामाङ ६ दिन पहिले
भारतले मानसरोवर सडकखण्ड विस्फोट गर्दा नेपाल क्षति भारतले मानसरोवर सडकखण्ड विस्फोट गर्दा नेपाल क्षति ५ दिन पहिले
शीर्ष तीन नेताबीच भेटवार्ता: गठबन्धनलाई प्रभावकारी बनाउने सहमति शीर्ष तीन नेताबीच भेटवार्ता: गठबन्धनलाई प्रभावकारी बनाउने सहमति ९ घण्टा पहिले