बुधबार , असार २, २०७८

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धाको सुनुवाइ बुधबार हुने

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धाको सुनुवाइ बुधबार हुने

२५ जेठ, काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धाको सुनुवाइ बुधबार हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ सारिएको थियो । प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था रहेको छ ।

प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी सुनुवाइ शुरु गरेर हेर्दाहेर्दैमा सोमबारका लागि राखिएको थियो । प्रधान्यायाधीश राणाको स्वास्थ्यमा समस्या आएपछि सुनुवाइ बुधबारका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

इजलास गठनकै विषयमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर अहिलेसम्म सुनुवाइ प्रारम्भ हुन सकेको छैन । उक्त विवादमा ३० रिट निवेदन परेका छन् । मन्त्रिपरिषदको यही जेठ ८ को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मन्त्रालयले सातवटै प्रदेशमा कोरोना युनिफाइड अस्पताल तोक्ने मन्त्रालयले सातवटै प्रदेशमा कोरोना युनिफाइड अस्पताल तोक्ने २३ घण्टा पहिले
प्रतिनिधिसभा विघटन मुद्धामा बारले तोक्यो एमिकस क्युरी प्रतिनिधिसभा विघटन मुद्धामा बारले तोक्यो एमिकस क्युरी १६ घण्टा पहिले
संक्रमणको उच्च जोखिमका कारण पनौती जात्रा स्थगित संक्रमणको उच्च जोखिमका कारण पनौती जात्रा स्थगित २ घण्टा पहिले
दोर्दी खोलाले १४ घर बगायो, ५० घर उच्च जोखिममा दोर्दी खोलाले १४ घर बगायो, ५० घर उच्च जोखिममा ३५ मिनेट पहिले
बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य प्रभावकारी बनाउन प्रचण्डको आग्रह बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य प्रभावकारी बनाउन प्रचण्डको आग्रह ३ घण्टा पहिले
राष्ट्रपतिको खोप कुटनीति निश्प्रभावी, धेरै राष्ट्रले पत्रको जवाफ समेत फर्काएनन् राष्ट्रपतिको खोप कुटनीति निश्प्रभावी, धेरै राष्ट्रले पत्रको जवाफ समेत फर्काएनन् १ घण्टा पहिले
बाढी प्रभावितको उद्धार र राहतमा जुट्न तरुण दलको निर्देशन बाढी प्रभावितको उद्धार र राहतमा जुट्न तरुण दलको निर्देशन ५७ मिनेट पहिले
व्यासमा पहिराेको जोखिममा दुई घर व्यासमा पहिराेको जोखिममा दुई घर ३४ मिनेट पहिले