मंगलबार , असार ८, २०७८

विश्व समुदायलाई डब्ल्यूएचओको आग्रह: बढी मूल्य तिरेर खोप खरीद नगर्नु !

विश्व समुदायलाई डब्ल्यूएचओको आग्रह: बढी मूल्य तिरेर खोप खरीद नगर्नु !

२५ जेठ, जेनेभा । विश्व स्वास्थ्य संगठन ‘डब्ल्यूएचओ’ ले विश्व समुदायलाई बढी मूल्य तिरेर खोप खरीद नगर्न आग्रह गरेको छ । सङ्गठनले खोपको अभाव भइरहेको समय बढी मूल्य तिरेर खोप खरीद भएका सूचनाहरूलाई सम्बोधन गर्दै महामारीका समय मध्यस्थकर्ताहरूबाट अत्यधिक मूल्य निर्धारण गरी खोप खरीद गर्ने खतराबारे सोमबार चेतावनी दिएको हो । कोभिड–१९ उपचारका क्रममा प्रयोग गरिने उत्पादनको स्तर पहिचान गर्नु अतिआवश्यक रहेको पनि बताएको छ ।

“मध्यस्थहरूले निर्माता कम्पनीले बेचेकोभन्दा अत्यधिक बढी मूल्यमा खोप बिक्री गरिरहेका छन् भन्ने सूचनाहरू पाएका छौँ । यो पक्कै पनि चिन्ताको बिषय हो । यसप्रति विश्व स्वास्थ्य संगठनको ध्यानाकर्षण भएको छ ।” औषधि तथा स्वास्थ्य सामग्री पहुँचका लागि सहायक निर्देशक औषधि पहुँच प्रत्याभूत गर्न बनेको संगठनको समितिका महानिदेशकले मारियान्गेला बटिस्टा गलभाओ सिमाओले पत्रकार सम्मेलनमा भने ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

खोप किन्नका लागि मध्यस्थको भूमिकाको बिषयलाई संयुक्त अरब इमिरेट्समा हालै बिचौलियाले घाना र पाकिस्तानलाई स्पुतनिक खोपलाई वास्तविक मूल्यको दोब्बर मूल्य लिएर आपूर्ति गरेको समाचार बाहिरिएपछि संगठनले नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको बिषयमा यसो नगर्न चेतावनी दिएको हो ।

सिमाओले कुनै पनि मसुलुकले खोप तथा स्वास्थ्य सामग्रीको खारीद गर्दा कि त कम्पनीमा सिधै सम्पर्क गर्ने वा मध्यस्थकर्ता वैध हो वा होइन प्रष्ट भएर मात्रै काम गर्न सम्बन्धित सबैलाई आग्रह गरे ।

कोभिड खोप र स्वास्थ्य सामग्रीसँग जोडिएका यी बिषयमा धेरै भ्रम सिर्जना भएको अनेकौँ सामग्रीले स्वास्थ्य मापदण्ड अनुसार अनुसन्धान पूरा गरे नगरेको निश्चित गर्नको लागि निर्मातालाई सम्पर्क गर्नु बाञ्छनीय हुने उनले बताए । उनले प्रमाणित खोप तथा स्वास्थ्य सामग्रीको प्रयोग संक्रमणविरूद्धको अभियानमा आवश्यक भएको पनि उनले बताए।

नयाँ खोपहरू स्वीकृति दिन संगठनले प्रयोग गरेको आपतकालीन प्रयोग सूचीलाई उल्लेख गर्दै उनले भने, “कतिपय देशहरूले आपतकालिन प्रयोगका लागि अनुमतिको सूचीमा रहेका खोपहरूलाई अनसन्धान पूराभएपछि नतिजाका आधारमा स्थायी उपचार तथा रोकथामका लागि प्रक्रिया अघि बढाइनुपर्छ ।”

हालसम्म कोभिड–१९ को उपचारमा आपतकालिन प्रयोगका लागि डब्लुएचओले आठ खोपलाई मान्यता दिएको छ । सिनोफार्म र सिनोभ्याक विश्वका धेरै देशहरूमा वितरण भइसकेका दुई चिनियाँ खोप हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

अमेरिकाको अलाबामामा भएको दुर्घटनामा परी ९ बालबालिकासहित १० को मृत्यु अमेरिकाको अलाबामामा भएको दुर्घटनामा परी ९ बालबालिकासहित १० को मृत्यु १२ घण्टा पहिले
श्रमजीवी किसानलाई पेन्सनको ब्यवस्था गर्ने कांग्रेसकाे तयारीः डा. काेइराला श्रमजीवी किसानलाई पेन्सनको ब्यवस्था गर्ने कांग्रेसकाे तयारीः डा. काेइराला ११ घण्टा पहिले
ईन्सुलीन लिदै हुनुहुन्छ ? ध्यान दिनुहाेस यी कुराहरू ईन्सुलीन लिदै हुनुहुन्छ ? ध्यान दिनुहाेस यी कुराहरू १३ घण्टा पहिले
मलाई त तै सुवा मन पडी बजारमा सार्वजनिक मलाई त तै सुवा मन पडी बजारमा सार्वजनिक १२ घण्टा पहिले
थुनिएको मस्र्याङ्दी नदी अहिले विस्तारै खुल्दै थुनिएको मस्र्याङ्दी नदी अहिले विस्तारै खुल्दै ७ घण्टा पहिले
नेपाल प्रहरीका डीआईजीहरुको सरुवा, प्रदेश १ मा बिसी र २ मा रञ्जितकार, सीआईवीमा सिंह नेपाल प्रहरीका डीआईजीहरुको सरुवा, प्रदेश १ मा बिसी र २ मा रञ्जितकार, सीआईवीमा सिंह ५ घण्टा पहिले
देशका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट २० जनाको मृत्यु, ८ सयको उद्धार ! देशका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट २० जनाको मृत्यु, ८ सयको उद्धार ! ५ घण्टा पहिले
अब बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी पूर्ण रुपमा खोल्न पाइने अब बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी पूर्ण रुपमा खोल्न पाइने १६ घण्टा पहिले
‘इसेवा भर्चुअल फिस्टा’ सुरू, दशहजार विद्यार्थीले निशुल्क अनलाइनमार्फत भाग लिन पाउने ‘इसेवा भर्चुअल फिस्टा’ सुरू, दशहजार विद्यार्थीले निशुल्क अनलाइनमार्फत भाग लिन पाउने ४ हप्ता पहिले
लगातारको वर्षाले नारायणगढ–बुटवल सडक विस्तार ठप्प लगातारको वर्षाले नारायणगढ–बुटवल सडक विस्तार ठप्प ३ हप्ता पहिले
कालो ढुसीको संक्रमण बाँके र काठमाडौंका संक्रमितमा पुष्टि कालो ढुसीको संक्रमण बाँके र काठमाडौंका संक्रमितमा पुष्टि ३ हप्ता पहिले
नेपालले खेल्ने त्रिकोणात्मक सिरिज स्पेनमा हुने पक्का नेपालले खेल्ने त्रिकोणात्मक सिरिज स्पेनमा हुने पक्का २ हप्ता पहिले
नेपाल बंगलादेश बैंकको सर्किट लेबलमा कारोबार नेपाल बंगलादेश बैंकको सर्किट लेबलमा कारोबार २ हप्ता पहिले
आईपीओ प्रस्ताव पारित गर्न आइएमई लाइफ इन्स्योरेन्सले बोलायो जेठ ३१ गते साधारणसभा आईपीओ प्रस्ताव पारित गर्न आइएमई लाइफ इन्स्योरेन्सले बोलायो जेठ ३१ गते साधारणसभा ३ हप्ता पहिले
मनसुन सक्रिय भएसँगै देशभर भारी वर्षाको सम्भावना मनसुन सक्रिय भएसँगै देशभर भारी वर्षाको सम्भावना ६ दिन पहिले
सांसद पालले गरिन सवारीसाधन फिर्ता सांसद पालले गरिन सवारीसाधन फिर्ता ४ हप्ता पहिले