मंगलबार , असार ८, २०७८

बीबीसीदेखि विश्वका प्रमुख मिडिया वेबसाइटको सेवा अवरुद्ध

बीबीसीदेखि विश्वका प्रमुख मिडिया वेबसाइटको सेवा अवरुद्ध

२५ जेठ, एजेन्सी । बीबीसी सेवादेखि विश्वका प्रमुख मिडिया वेबसाइटको सेवा मंगलबार अवरुद्ध भएको छ । आज केही बेर फाइनान्सियल टाइम्स, न्युयोर्क टाइम्स र ब्लूमवर्ग न्युजको वेबसाइट सेवा अवरुद्ध बन्न पुगेको हो ।

सीएनएन र फ्रान्सको ले मोन्डेको सेवामा पनि केही ‘त्रुटि’ देखिएको छ । त्यस्तै अमेजन डटकमको सेवा पनि अवरुद्ध बनेको थियो । अमेजनले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

बेलायतको गार्डिजन पत्रिकाले आफ्नो वेबसाइट र एप प्रभावित बनेको बताएको छ । अन्य केही बेलायती मिडिया वेबसाइटमा पनि समस्या देखिएको छ । बेलायत सरकारको प्रमुख वेबसाइटको सेवा पनि अवरुद्ध भएको छ ।

बीबीसीका अनुसार उसका अन्य आउटलेटहरुमा समस्या भएको छ। त्यस्तै अलजजीराका अनुसार उसका केही सब-होस्टिङमा समस्या देखिएको छ भने मुख्य पृष्ठ भर्खरै खुलेको छ।

ठूलो व्यापारिक वेबसाइट अमेजन डटकम कुनै ठाउँमा खुल्ने र कुनै ठाउँमा नखुल्ने समस्या देखिएको छ। उसले आफ्नो साइटको समस्याबारे केही बताएको छैन। बेलायतको गार्डियन अखबारले आफ्नो साइटमा पनि समस्या देखिएको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन १६ घण्टा पहिले
आँधीखोलाले ‘जाऊ’ हैं अन्धाअन्धी श्रवणकुमार अभियान’ समेट्दै नीति तथा कार्यक्रम सार्वजनिक आँधीखोलाले ‘जाऊ’ हैं अन्धाअन्धी श्रवणकुमार अभियान’ समेट्दै नीति तथा कार्यक्रम सार्वजनिक १ दिन पहिले
कोरोना संक्रमण कम हुँदै गएपछि सर्वोच्चले सेवा थप्ने कोरोना संक्रमण कम हुँदै गएपछि सर्वोच्चले सेवा थप्ने ४ घण्टा पहिले
महाकाली अस्पतालको भौतिक पूर्वाधार निर्माण हुँदै महाकाली अस्पतालको भौतिक पूर्वाधार निर्माण हुँदै ४ दिन पहिले
राष्ट्रपतिको खोप कुटनीति निश्प्रभावी, धेरै राष्ट्रले पत्रको जवाफ समेत फर्काएनन् राष्ट्रपतिको खोप कुटनीति निश्प्रभावी, धेरै राष्ट्रले पत्रको जवाफ समेत फर्काएनन् ६ दिन पहिले
पहिरोका कारण पर्वत–बागलुङ खण्ड गए रातिदेखि अवरुद्ध पहिरोका कारण पर्वत–बागलुङ खण्ड गए रातिदेखि अवरुद्ध ७ दिन पहिले
इन्द्रवती नदीको किनारमा एक जनाको शव फेला इन्द्रवती नदीको किनारमा एक जनाको शव फेला ६ दिन पहिले
विश्व हिन्दु परिषद नेपालद्धारा पर्साको मठमन्दिरमा राहत वितरण विश्व हिन्दु परिषद नेपालद्धारा पर्साको मठमन्दिरमा राहत वितरण २ दिन पहिले