मंगलबार , असार १, २०७८

कोरोनाबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्न आवश्यक

कोरोनाबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्न आवश्यक

२५ जेठ,रुपन्देही । स्वास्थ्य मापदण्ड पालना गरेमात्रै कोरोना महामारीबाट जोगिन सकिनेमा सहभागी वक्ताहरुले जोड दिएका छन् । कदम नेपाल र कोभिड विशेष नर्स समूहले आज आइसोलेशनमा बस्दा ध्यान दिनुपर्ने विषयक भर्चुअलमाध्यमबाट आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनीहरुले स्वास्थ्य मापदण्ड पालनाले आफू जोगिने मात्र नभइ अरुलाई पनि जोगाउने भएकाले लापरवाही नगर्न सबैमा आग्रह गरे ।

समूहका राष्ट्रिय संयोजक दुर्गा सापकोटाले कोभिड–१९ का महामारीबाट जोगिन उचित खानपान, आइसोलेशनको बसाइ, स्वास्थ्य सतर्कता र नियमित व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिइज् । उनले गर्भवती, उच्च रक्तचाप, चिनी र दीर्घरोग लागेका व्यक्तिहरु बढी जोखिममा रहने भएकाले यस्ता व्यक्ति सङ्क्रमण भए तुरुन्तै डाक्टरसँग परामर्श लिनुपर्ने बताउँदै सामान्य अवस्थामा भने पिसिआर परीक्षण गरी आइसालेशनमा बस्नुपर्ने बताइन ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

उनले संक्रमण भएर आइसोलेशनमा बस्दा घरमै अक्सिमिटरको सहायताले अक्सिजनको मात्रा जाँच गरी ९४ भन्दा तल भएमात्रै डाक्टरको सम्पर्कमा रहनुपर्ने अन्यथा आत्तिएर अस्पताल जान आवश्यक नरहेको धारणा राखिन । उनले संक्रमित व्यक्तिले कार्बोहाइड्रेट कम भएको खाना खाने, स्वस्थवद्र्धक खाना खाने र शरीरको आवश्यकता अनुसार दैनिक व्यायाम गर्नुपर्नेमा पनि जोड दिए ।

समूहका लुम्बिनी प्रदेश परामर्शदाता सुमित्रा ढकालले कोरोना भाइरस संक्रमणको लक्षण नभएको अवस्थामा पीसीआर परीक्षणका लागि नमूना संक्कलन भएको दिनदेखि १० दिनसम्म र लक्षण भएको अवस्थामा नमूना संक्कलन भएको दिनदेखि कम्तिमा १० दिनसम्म पनि लक्षण रहिरहेमा १३ दिनसम्म आइसोलेशनमा बस्नुपर्ने जानकारी दिएन् । सो समूहका प्रदेश संयोजक सृष्टि आचार्यले कोभिड विरुद्ध दिइने खोपबारे धेरै भ्रम रहेकाले भ्रममा नपरी खोप लगाउन सबैमा आग्रह गरिन । कोरोनाविरुद्ध लड्ने क्षमता वृद्धि गर्ने भएकाले खोप लगाउँदा सुरक्षित हुन सकिने उनको भनाइ छ ।

कार्यक्रममा कदम नेपालका अध्यक्ष निरु गौतमले अहिले परिवारका एक जना सदस्यले पनि लापरबाही गरे सबै सदस्य कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहने भएकाले यसतर्फ सचेत हुन सबैमा आग्रह गरिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

युरोकप फुटबलमा स्लोभाकियाको विजयी सुरुवात युरोकप फुटबलमा स्लोभाकियाको विजयी सुरुवात १० घण्टा पहिले
पत्रकार महासंघ बेलायत शाखामा नयाँ नेतृत्व चयन पत्रकार महासंघ बेलायत शाखामा नयाँ नेतृत्व चयन २४ घण्टा पहिले
पहिरोका कारण पर्वत–बागलुङ खण्ड गए रातिदेखि अवरुद्ध पहिरोका कारण पर्वत–बागलुङ खण्ड गए रातिदेखि अवरुद्ध २ घण्टा पहिले
नेपाल निवासमा पुगे देउवा र प्रचण्ड नेपाल निवासमा पुगे देउवा र प्रचण्ड १४ घण्टा पहिले
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनीको सर्किट लेबलमा कारोबार, शेयरमूल्य कति ? हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनीको सर्किट लेबलमा कारोबार, शेयरमूल्य कति ? २३ घण्टा पहिले
एमाले सुदूरपश्चिम प्रदेशसभामा ओली पक्षका ७ सांसद निलम्बनमा एमाले सुदूरपश्चिम प्रदेशसभामा ओली पक्षका ७ सांसद निलम्बनमा १३ घण्टा पहिले
माओवादी नेता पाण्डेयको हत्या आरोपमा श्रीमतिसहित ११ जना पक्राउ माओवादी नेता पाण्डेयको हत्या आरोपमा श्रीमतिसहित ११ जना पक्राउ १० घण्टा पहिले
बाइडेनले दिए इजरायलका नवनियुक्त प्रधानमन्त्री बेनेटलाई बधाई बाइडेनले दिए इजरायलका नवनियुक्त प्रधानमन्त्री बेनेटलाई बधाई २० घण्टा पहिले
मध्यपश्चिमाञ्चल विश्वविद्यालय अब मध्यपश्चिम विवि मध्यपश्चिमाञ्चल विश्वविद्यालय अब मध्यपश्चिम विवि ४ हप्ता पहिले
विश्व समुदायलाई डब्ल्यूएचओको आग्रह: बढी मूल्य तिरेर खोप खरीद नगर्नु ! विश्व समुदायलाई डब्ल्यूएचओको आग्रह: बढी मूल्य तिरेर खोप खरीद नगर्नु ! ७ दिन पहिले
निम्बस कम्पनीद्वारा प्रहरीलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण निम्बस कम्पनीद्वारा प्रहरीलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण ४ हप्ता पहिले
विश्वकप छनोटमा नेपालले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै विश्वकप छनोटमा नेपालले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै ४ दिन पहिले
आज थप ६,९५१ जनालाई कोरोना पुष्टि, ९६ संक्रमितको मृत्यु आज थप ६,९५१ जनालाई कोरोना पुष्टि, ९६ संक्रमितको मृत्यु ३ हप्ता पहिले
मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली ३ हप्ता पहिले
नर्भिकमा असार २८ देखि जेनेटिक ल्याबसहितको आइभिएफ सेन्टर संचालनमा आउने नर्भिकमा असार २८ देखि जेनेटिक ल्याबसहितको आइभिएफ सेन्टर संचालनमा आउने १३ घण्टा पहिले
६० करोडको आईपीओ निष्कासन प्रस्ताव पारित गर्न आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा ६० करोडको आईपीओ निष्कासन प्रस्ताव पारित गर्न आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा ३ हप्ता पहिले