भोको पेटलाई सूर्य चन्दको साथ
नेपालबहस संवाददाता
जेठ २५, २०७८ मंगलबार २३:५२:५३
२५ जेठ, काठमाडौं । कोभिड १९ संक्रमणको दोस्रो लहर फैलिएसँगै सरकारले यसलाई फैलन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको छ । गत वैशाख १६ गतेदेखि सुरुमा एक हप्ताका लागि गरिएको निषेधाज्ञा थपिने क्रम जारी छ।
निषेधाज्ञामा अत्यावश्यक सेवा वाहेक सबै सेवा वन्द गरेको, मानिसहरूलाई घर बाहिर निस्कन रोक लगाएकाले उपत्यकामा बसोबास गर्दै आएका असाहय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरू भोक भोकै मर्नुपर्ने अवस्था सिर्जना भएको छ । एकातिर यो महामारीमा दैनिक हजारौ संक्रिमित भइरहेका र सयौंले ज्यान गुमाइरहेका छन् भने अर्कोतिर दैनिक ज्याल र मजदुरी गर्ने तथा असाहयहरू खान नपाउने अवस्था सिर्जना भएको छ ।
यस्तोमा केही मनकारी व्यक्तिहरूले सहयोग पुर्याइरहेका छन् । यस्तै मध्येका एक हुन्, सूर्य चन्द । उनले निषेधाज्ञाको सुरु देखि सहयोग पुर्याउँदै आएका छन् । सुरुमा आफ्नै खर्चले सहयोग गर्दै आएका उनले पछिल्लो समय विभिन्न सहयोगी हातहरूको साथमा राहत वितरण गर्दै आएका छन् । मानिसहरु यस विषम परिस्थितिमा भोकले छटपटिएर बस्न बाध्य छन्। त्यहि भोको पेटहरुलाई सहयोग गर्न आफ्नो ज्याननै जोखिममा राखेर हरेक दिन पिडितहरुको घरमा खाद्यान्न राहत पुर्याउन ब्यस्त छन् सूर्य चन्द।
निषेधाज्ञा लम्बिदै जाँदा चुलो बल्न छाडे पछि प्रत्यक्ष सम्पर्क तथा विभिन्न व्यक्तिको सिफारिसमा राहत पुर्याईरहेको चन्दले बताए । उनले हाल सम्म विभिन्न ५०० भन्दा बढी नेपाली जनता जसमा कलाकार, गायक गायिका तथा सर्बसाधारण व्यक्तिहरुलाई चामल, दाल, नुन, तेल लगायतका सामग्री उपलब्ध गराएको बताए ।
यस्तै सडकमा आश्रित भोका पिडित जनतालाइ खाना खुवाउदै आएका छन् । त्यसैगरी विभिन्न आश्रममा रहेकालाई खाद्यान्न राहत, नगद सहयोग र खाना खुवाउने कार्यक्रम समेत गर्दै आएका छन् । त्यसैगरि दिर्घरोगि, असाहय बिरामीहरुलाई सहयोग गर्दै आएका छन् ।
यस्तै उनले महामारीमा अहोरात्र जनताको सेवामा खटिएका राष्ट्रसेवक सुरक्षाकर्मीहरूलाई उपत्यकाको विभिन्न स्थानमा पुगेर मास्क, सेनिटाईजर र पानी पनि वितरण गर्दै आइरहेका छन् । उनीहरूको हौसला बढाउन केही दिन पहिला विभिन्न ठाउँमा पुगेर सुरक्षाकर्मीलाई गुलावको फूल वितरण पनि सूर्यले गरेका छन् ।
बिगतको महाभुकम्प,बाडीपहिरो, प्राकृतिक बिपत्तिको समयमा समेत सक्रिय भई सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका उनले गत बर्षको लकडाउनमा लगातार तीन महिना खाना खुवाउने कार्यमा पूर्णरुपमा सहभागिता रहेको थियो । यसपाली पनि उनी यस कार्यमा सक्रिय भएर लागेका छन् ।
उनलाई यस कार्यमा नेपाल फिल्म सोसाइटिका अध्यक्ष कृष्ण मल्ल, समाजसेवी अञ्जु बुढाथोकी, गीतकार अम्बिका गुरुङ, चलचित्रकर्मी एभरेस्ट सुर्य बोहरा, गायक विश्व नेपाली, समाजसेवी लक्ष्मि थापा, लतिका श्रेष्ठ, समाजसेवी निशु झा, आश्विन झा, बद्री श्रेष्ठ, सौन्दर्यकर्मी जस्मिन मुनिकर, समाजसेवी नेहा मंजु गुरुङ, गायिका सहिमा श्रेष्ठ, गीतकार बोध शर्मा, सौन्दर्यकर्मी रचना शाक्य, समाजसेवी अनु उर्मिला सेरचन, अधिबक्ता प्रिती कार्की लगायतले साथ दिएका छन् ।
‘सुरुमा म आफैँ आफ्नै व्यक्तिगत खर्चमा आफूले सक्दो राहत पुर्याउन लागेको थिए, तर पछिल्लो समय मलाई विभिन्न व्यक्तिहरूले यस कार्यमा सहयोग पुर्याई रहेका छन’, उनले भने । यस पवित्र कार्यका लागि इच्छुक व्यक्तिहरूले आफूलाई सम्पर्क गर्नसमेत उनले अपिल गरे । सूर्य चन्द आफैँमा एक कुशल सञ्चारकर्मी, कलाकार हुन्, भने कला क्षेत्र र समाजसेवामा उनको त्यतिकै लगाव रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘एक्टर’को शुभ मुहूर्त
बैशाख ११, २०८१ मंगलबार
चलचित्र ‘बलिदान’मा दिव्य देव अनुबन्धित
बैशाख १०, २०८१ सोमबार
फिल्म ‘पूर्ण बहादुरकोस् सारङ्गी’को निर्माणको घोषणा
बैशाख ७, २०८१ शुक्रबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको राशिफल
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार