मंगलबार , असार ८, २०७८

निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १ सय ८० वटा सवारीसाधन नियन्त्रणमा

निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १ सय ८० वटा सवारीसाधन नियन्त्रणमा

२५ जेठ, काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १ सय ८० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ९ सय ७० वटा गाडी र २ हजार २ सय १० वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारीसाधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको हाे ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?रु’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५ सय ६५ जनालाई निशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५३ हजार ९ सय ८१ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ७७ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ५९ हजार १ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा ४ हजार ५३ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित ८२ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेटसहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ६ हजार १ सय ९ जनालाई सचेत गराइएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

विजय लघुवित्तको २३ हजार ५२९ कित्ता संस्थापक शेयर बिक्रीमा, शेयरमूल्य कति ? विजय लघुवित्तको २३ हजार ५२९ कित्ता संस्थापक शेयर बिक्रीमा, शेयरमूल्य कति ? ७ दिन पहिले
खोलाले कटान गरेर पोल ढाल्दा मेलम्चीमा धर्मराज दुलालले गुमाए ज्यान खोलाले कटान गरेर पोल ढाल्दा मेलम्चीमा धर्मराज दुलालले गुमाए ज्यान ८ घण्टा पहिले
सीईडीबी हाइड्रोपावरको सर्किट लेबलमा कारोबार, शेयरखरिदकर्ता कति ? सीईडीबी हाइड्रोपावरको सर्किट लेबलमा कारोबार, शेयरखरिदकर्ता कति ? ६ दिन पहिले
निषेधाज्ञा खुकुलो भएपछि सहज बन्दै बाँकेको जनजीवन निषेधाज्ञा खुकुलो भएपछि सहज बन्दै बाँकेको जनजीवन ५ दिन पहिले
किशोरी बलात्कार गर्ने  युवक पक्राउ किशोरी बलात्कार गर्ने युवक पक्राउ १० घण्टा पहिले
नेपालको अर्थतन्त्र पुनरुत्थानकालागि विश्व बैंकद्वारा १७ अर्ब ५५ करोड ऋण सहायता स्वीकृत नेपालको अर्थतन्त्र पुनरुत्थानकालागि विश्व बैंकद्वारा १७ अर्ब ५५ करोड ऋण सहायता स्वीकृत ४ दिन पहिले
निर्वाचन टुँग्गो छैन, आयुक्तहरुको सुविधा र भत्ता बढाइयो निर्वाचन टुँग्गो छैन, आयुक्तहरुको सुविधा र भत्ता बढाइयो ४ दिन पहिले
आज काठमाडौंबाट विज्ञको टोली सिन्धुपाल्चोकको मेलम्ची जाँदै आज काठमाडौंबाट विज्ञको टोली सिन्धुपाल्चोकको मेलम्ची जाँदै ३ दिन पहिले