बुधबार , असार २, २०७८

धरानकाे अस्थायी प्रहरी पोस्ट तोडफोड गर्ने ५ जना पक्राउ

धरानकाे अस्थायी प्रहरी पोस्ट तोडफोड गर्ने ५ जना पक्राउ

२५ जेठ, धरान । धरान उपमहानगरपालिका-१५ नयाँ बसपार्कमा रहेको अस्थायी प्रहरी पोस्ट तोडफोड गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-५ बस्ने २४ वर्षीय विक्रम राई, सोही उपमहानगरपालिका-३ बस्ने २७ वर्षीय सिजन राई, सोही उपमहानगरपालिका-४ बस्ने २६ वर्षीय कालु भन्ने सरोज लिम्बू, सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय बसन्त राई र सोही उपमहानगरपालिका-१५ बस्ने ३२ वर्षीय रेगन लिम्बू छन्।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

उनीहरुमध्ये विक्रम, सिजन र सरोजलाई धरान उपमहानगरपालिका-५ देउरालीबाट जेठ १८ गते तथा बसन्त र रेगनलाई धनकुटा छथर पोखरी-४ बन्चरेबाट सोमबार पक्राउ गरिएको हो।

जेठ १३ गते प्रहरी पोस्ट तोडफोड भएको घटनामा संलग्न रही फरार रहेका उनीहरुको खोजी गर्न क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले मोरङ, तेह्रथुम र धनकुटाका प्रहरी कार्यालय र १ नम्बर प्रदेश प्रहरी ब्युरोसमेतको सहयोगमा घटनामा संलग्न १० जनामध्ये ५ जनालाई पक्राउ गरेको हो।

उनीहरुविरुद्ध जिल्ला अदालत सुनसरीमा ज्यान सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता भई थप अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

वाग्मतीमा प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज वाग्मतीमा प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज १९ घण्टा पहिले
कार्यकर्तालाई उद्धार र राहतमा जुट्न तरुण दलका अध्यक्ष बस्नेतकाे निर्देशन कार्यकर्तालाई उद्धार र राहतमा जुट्न तरुण दलका अध्यक्ष बस्नेतकाे निर्देशन २ घण्टा पहिले
हात्ती छेक्न लगाइएको करेन्ट लागेर महिलाको मृत्यु हात्ती छेक्न लगाइएको करेन्ट लागेर महिलाको मृत्यु १९ घण्टा पहिले
मन्त्रालयले सातवटै प्रदेशमा कोरोना युनिफाइड अस्पताल तोक्ने मन्त्रालयले सातवटै प्रदेशमा कोरोना युनिफाइड अस्पताल तोक्ने २२ घण्टा पहिले
१११ बर्षका वृद्धको दाबी– कुखुराको गिदीले धेरै बाँचे १११ बर्षका वृद्धको दाबी– कुखुराको गिदीले धेरै बाँचे १५ घण्टा पहिले
सडक निर्माणको काम अलपत्र हुँदा टीकापुर बजार डुबानको जोखिममा सडक निर्माणको काम अलपत्र हुँदा टीकापुर बजार डुबानको जोखिममा २ घण्टा पहिले
पहिरोले म्याग्दीमा २९ घर परिवार विस्थापित पहिरोले म्याग्दीमा २९ घर परिवार विस्थापित ५ घण्टा पहिले
द आर्ट अफ लिभिङद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण द आर्ट अफ लिभिङद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण २३ घण्टा पहिले