सोमबार , असार ७, २०७८

असारदेखि ‘लुज डाउन’ लागू गर्ने सरकारकाे योजना

असारदेखि ‘लुज डाउन’ लागू गर्ने सरकारकाे योजना

२५ जेठ, काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ संक्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र संक्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निक्र्योल हुने जनाइएको छ । गृहप्रवक्ता जनकराज दाहालले जिल्लाबाट रिपोर्टिङ लिने क्रम जारी रहेको जानकारी दिए ।

“यसअघि ‘लकडाउन’ थियो, असारदेखि भने ‘लुज डाउन’ लागू गर्ने योजना छ, मुलुकभरको सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइने छ”, दाहालले भने, “केही सहजीकरण भने पक्कै हुनेछ ।” संक्रमणभन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृत्युदरसमेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको छ । आ–आफ्नो जिल्लामा आदेश लागू गर्ने र हटाउने अधिकार सरकारले प्रजिअलाई नै दिएकाले गृहको आवश्यक समन्वय र निर्देशनमा काम अघि बढ्नेछ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धि भएसँगै पछिल्लो दिन संक्रमितभन्दा निको हुने दर उच्च हुँदै गइरहेको तथ्याङ्कले देखाएको छ । सोमबार झण्डै १८ हजारको परीक्षण गरिएकोमा चार हजार ४७२ मा संक्रमित पुष्टि भएको र छ हजार ९५१ संक्रमण निको भएका छन् । सोही अवधिमा कोरोनाबाट ९२ जनाको मृत्यु भएको छ । त्यसअघि १८ हजारको परीक्षणमा कम्तिमा पनि आठ हजारमाथि संक्रमित फेला पर्दै आएका थिए । मानिसको मृत्यु तीन अङ्कको थियो ।

कोरोनाको पहिलो लहरमा जारी गरिएको बन्दाबन्दी एक्कासी खोल्दा सङ्क्रमणले गति लिएको उदाहरण प्रस्तुत गर्दै गृहप्रवक्ता दाहालले यसपालि भने त्यो गल्ती नदोहोरिने स्पष्ट पारे । उनका अनुसार आवश्यकताका आधारमा विस्तारै खुकुलो पार्दै लगिने छ । उक्त अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लव, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्राहालय, चिडियाखाना, दर्शकसहितको खेलकूदका गतिविधि भने अझै खुल्ने छैन ।

मुख्यतः कृषि कर्मको बेला भएकाले त्यसलाई प्राथमिकता दिने योजना छ । दाहालले भने, “दैनिक जनजीवनसँग जोडिने कुरा प्राथमिकतामा पर्छन्, वर्षाको समय छ, मल बीउ, कृषि कर्म, अत्यावश्यक जनशक्ति व्यवस्थापन, सामग्री ओसारपसार र विकास निर्माणलाई प्राथमिकता दिइने तर पूर्ण स्वास्थ्य मापदण्ड पालनामा भने कडाइ गरिनेछ ।

निषेधाज्ञाका कारण कोरोना नियन्त्रणमा ठूलो सहयोग मिलेको स्वास्थ्य मन्त्रालय बुझाइ छ । त्यसैले पनि एकैचोटी खुला गर्न नहुने पक्षमा मन्त्रालय पनि रहेको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे यो साताको समीक्षाका आधारमा उपत्यकाको निषेधाज्ञाको निर्धारण हुने बताउँछिन । पछिल्लो समयमा संक्रमण घटेकाले पनि केही खुकुलो हुने आशा आमनागरिकले पनि लिएका छन् ।

निषेधाज्ञा उलङ्घन गर्दै यही २० गतेदेखि भने मुलुकभर नै मानिसको चहलपहल बढेको पाइएको छ । यातायातका साधनसमेत बाक्लिएका छन् । उपत्यकामा समेत त्यो अवस्था देखिएको छ । अहिले नै लापरवाही गर्ने अवस्था नरहेको जनस्वास्थ्यविद्को भनाइ छ । जोखिम कायमै रहेकाले अझै एक महिना विशेष ध्यान दिनुपर्ने स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालकया सह–प्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन ।

दोस्रो कोरोनाको लहरसँगै नेपालमा गत वैशाख ७ गते बाग्लुङबाट निषेधको आदेश जारी गर्ने क्रम शुरु भएको थियो । संक्रमण नियन्त्रणका लागि वैशाख १३ गते बाँके र १४ गते सुर्खेतमा गरिएकामा १६ गतेदेखि उपत्यकासहित धेरै जिल्लाले निषेधाज्ञा जारी गरेका थिए । जेठ मसान्तसम्म खोटाङ र मनाङ बाहेकका ७५ जिल्लाले निषेधाज्ञा जारी संक्रमण नियन्त्रणमा सक्रियता देखाइरहेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर आदेशको पूर्ण कार्यान्वयनमा ७७ वटै जिल्लाका प्रहरी खटिएको बताउछन । अझै पनि मानिस आफ्नो स्वास्थ्यका लागि सचेत नभएको उल्लेख गर्दै उनले प्रहरी देखे मात्रै मानिस सचेत हुने त्यसपछि लापरवाही गर्ने क्रम कायम रहेको बताए । चिकित्सकले आफू बाहेक सबै कोभिड संक्रमित हो भनेर व्यवहार गर्न नागरिकसँग अनुरोध गरिरहेका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पशुपालनबाट आयआर्जन वृद्धि गराउन ‘एक घर एक पशु बीमा’ कार्यक्रम लागू पशुपालनबाट आयआर्जन वृद्धि गराउन ‘एक घर एक पशु बीमा’ कार्यक्रम लागू २ घण्टा पहिले
रुपा सुनारलाई कोठा नदिने घरबेटी प्रहरी नियन्त्रणमा रुपा सुनारलाई कोठा नदिने घरबेटी प्रहरी नियन्त्रणमा २३ घण्टा पहिले
पर्सामा असार १३ गतेसम्म निषेधाज्ञा जारी राखिने पर्सामा असार १३ गतेसम्म निषेधाज्ञा जारी राखिने १९ घण्टा पहिले
तीन हाइड्रो कम्पनीको शेयरमूल्यमा उच्च गिरावट, शेयरमूल्य कति ? तीन हाइड्रो कम्पनीको शेयरमूल्यमा उच्च गिरावट, शेयरमूल्य कति ? २३ घण्टा पहिले
प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेकाे अभियोगमा ज्वाला संग्रौलासहित ३ जना पक्राउ प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेकाे अभियोगमा ज्वाला संग्रौलासहित ३ जना पक्राउ १७ घण्टा पहिले
निर्धारित समयमा पनि सकिएन खानेपानी आयोजना निर्धारित समयमा पनि सकिएन खानेपानी आयोजना २० घण्टा पहिले
सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद्लाई वैधानिकता दिन अस्वीकार सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद्लाई वैधानिकता दिन अस्वीकार १४ घण्टा पहिले
राइफल पड्किएर ड्युटीमै रहेका सेनाका जवान घाइते राइफल पड्किएर ड्युटीमै रहेका सेनाका जवान घाइते १ घण्टा पहिले
पहिलोपटक मुगुमा कोरोनाबाट एकको ज्यान गयो पहिलोपटक मुगुमा कोरोनाबाट एकको ज्यान गयो ३ हप्ता पहिले
सर्वोच्चबाट जारी अन्तरिम आदेश खारेज भएको छैन : बिएण्डसी सर्वोच्चबाट जारी अन्तरिम आदेश खारेज भएको छैन : बिएण्डसी ४ दिन पहिले
जोखिम नघटेपछि काठमाडौंमा पुन: एक साता निषेधाज्ञा थपिने जोखिम नघटेपछि काठमाडौंमा पुन: एक साता निषेधाज्ञा थपिने ४ हप्ता पहिले
के योगेश भट्टराई अब ‘पोइला’ गएकै हुन ? के योगेश भट्टराई अब ‘पोइला’ गएकै हुन ? ४ हप्ता पहिले
राधी विद्युत र विशाल बजार कम्पनीको शेयरमूल्यमा गिरावट, प्रतिशेयरमूल्य कति ? राधी विद्युत र विशाल बजार कम्पनीको शेयरमूल्यमा गिरावट, प्रतिशेयरमूल्य कति ? ३ हप्ता पहिले
लुम्बिनी वार्षिक नीति तथा कार्यक्रमः रामापिथेकस पार्कदेखि बडघर सञ्चालनमा ल्याइने लुम्बिनी वार्षिक नीति तथा कार्यक्रमः रामापिथेकस पार्कदेखि बडघर सञ्चालनमा ल्याइने २ हप्ता पहिले
राजनीतिक र कानूनी उपचार खोज्ने माओवादी केन्द्रको निर्णय राजनीतिक र कानूनी उपचार खोज्ने माओवादी केन्द्रको निर्णय ४ हप्ता पहिले
चुरे उत्खनन् र निकासीविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा सुनुवाई चुरे उत्खनन् र निकासीविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा सुनुवाई ३ दिन पहिले