सोमबार , असार ७, २०७८

प्राकृतिक सम्पदा दोहन गरेको आरोपमा चालक कार्वाहीमा

प्राकृतिक सम्पदा दोहन गरेको आरोपमा चालक कार्वाहीमा

२५ जेठ,ओखलढुंगा । ओखलढुंगामा नदीजन्य प्राकृतिक सम्पदा दोहन गरेको आरोपमा प्रहरीले पक्राउ गरेका व्यक्तिलाई गाउँपालिकाले सामान्य कारबाही गरेर छाडेको छ । गैरकानूनी तवरले खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा सवारीसहित प्रहरीले समातेका चार जनालाई गाउँपालिकाले नौं हजार जरीवाना गराएर छाडेको हो ।

मानेभञ्ज्याङ गाउँपालिका ७ स्थित सुनकोशी नदी र भडारे खोलाको दोभानबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरी थुपार्दै गरेको अवस्थामा सवारीसाधनसहित तीनजना चालक र उत्खनन्मा सङ्लग्न अर्का एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर गत जेठ २२ गते गाउँपालिकालाई बुझाएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

गाउँपालिकाले गाउँकार्यपालिकाको बैठक राखेर पक्राउ परेका व्यक्तिलाई नौ हजार जरिवाना तिराएर फेरि गल्ती नदोहो¥याउने सर्तमा छाडेको गाउँपालिका अध्यक्ष मोतीराज राईले बताए । फेरि त्यस्तो गरेको भेटिएमा दोब्बर जरिवाना सहित थप कडा कारवाही गरिने अध्यक्ष राईको भनाइ छ ।

गाउँपालिकाले उत्खननमा प्रयोग भएका दुई टिपर धनीलाई दुई दुई हजार र एक जेसिबीलाई पाँच हजार जरिवाना तिराएको छ । उत्खनन भएका नदिजन्य पदार्थ गाउँपालिकाको हुने गरी निर्णय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय