बुधबार , असार २, २०७८

चुरे दोहनविरुद्ध प्रदर्शन गर्ने नेविसंघ कार्यकर्ता पक्राउ

चुरे दोहनविरुद्ध प्रदर्शन गर्ने नेविसंघ कार्यकर्ता पक्राउ

२५ जेठ, काठमाडौं । चुरे दोहन निर्णयविरुद्ध प्रदर्शन गर्ने नेविसंघ कार्यकर्तालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सरकारविरूद्ध प्रदर्शन गरेका नेविसंघका कार्यकर्तालाई काठमाडौंको प्रदर्शनीमार्गबाट प्रहरीले पक्राउ गरेको हो।

नेविसंघ महामन्त्री दीपक भट्टराईले सरकारले नदीजन्य पदार्थ निकासी गर्नेबारे बजेटमा समावेश गरेका कार्यक्रम फिर्ता लिन माग गरिएको छ।सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटमा ढुंगा, गिटी र बालुवा निकासी गर्दै व्यापार घाटा कम गर्ने उल्लेख थियो।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यस्ता निर्णयले चुरे दोहन हुने भन्दै नेविसंघ विरोधमा उत्रिएको छ। नेविसंघ नेताहरू सञ्जिव ढकाल, मनिष खड्का क्षेत्री, रमेश खड्का, सम्राट क्षेत्रीलगायतलाई प्रहरीले पक्राउ गरेकोले विनाशर्त छिटो रिहाइ गर्न भट्टराईले माग गरेका छन्।

सरकारले नदीजन्य पदार्थ निकासी गर्नेबारेको निर्णय फिर्ता नलिएसम्म प्रदर्शन र विरोधका कार्यक्रम नेविसंघले जारी राख्ने पनि महामन्त्री भट्टराईले बताए। यस्तै नेविसंघ अध्यक्ष राजिब ढुंगानाले विज्ञप्ति निकालेर पक्राउ परेकाहरूलाई विनाशर्त रिहाइ गर्न माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

गण्डकी प्रदेश सरकारले शुक्रबार विश्वासको मत लिने गण्डकी प्रदेश सरकारले शुक्रबार विश्वासको मत लिने ४१ मिनेट पहिले
राधी विद्युतसहित आठ कम्पनीको सर्किट लेबलमा कारोबार, शेयरमूल्य कति ? राधी विद्युतसहित आठ कम्पनीको सर्किट लेबलमा कारोबार, शेयरमूल्य कति ? ४ हप्ता पहिले
कक्षा ११ सम्मको परीक्षा विद्यालयलाई जिम्मा, कक्षा १२ को परीक्षा बोर्डले अनुकुल समयमा गर्ने कक्षा ११ सम्मको परीक्षा विद्यालयलाई जिम्मा, कक्षा १२ को परीक्षा बोर्डले अनुकुल समयमा गर्ने ४ हप्ता पहिले
संविधान समाप्त गर्ने र मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र भयो:  शेखर कोइरला संविधान समाप्त गर्ने र मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र भयो:  शेखर कोइरला ४ हप्ता पहिले
केबहिलमा निर्माण गरिएको भ्यूटावर केबहिलमा निर्माण गरिएको भ्यूटावर २ हप्ता पहिले
कोरोना जितेकी वृद्धा पुनबाट सहयोग कोरोना जितेकी वृद्धा पुनबाट सहयोग २ हप्ता पहिले
ठाकुर र महतो पक्षका चारजना मन्त्री बर्खास्त ठाकुर र महतो पक्षका चारजना मन्त्री बर्खास्त १ हप्ता पहिले
कोरोनाबिरुद्धको खोप खरिदका लागि २६ अर्ब ७५ करोड विनियोजन कोरोनाबिरुद्धको खोप खरिदका लागि २६ अर्ब ७५ करोड विनियोजन ३ हप्ता पहिले