शुक्रबार , असार ११, २०७८

होटल समिटमा एमाले नेताहरुको गाेप्य वार्ता

होटल समिटमा एमाले नेताहरुको गाेप्य वार्ता

२५ जेठ, काठमाडौं । नेकपा एमालेका निष्कासित नेता माधवकुमार नेपाल समूहले एमाले अध्यक्ष केपी शर्मा ओलीको पार्टी एकता प्रस्तावलाई अस्वीकार गरेपनि दुवै पक्षका नेताहरुबीच आज पुनः छलफल शुरु भएको छ ।

आन्तरिक विद्रोहको अन्तिम तयारीका रहेका नेपाल समूह र ओली समूहका दोस्रो तहका नेताहरू पुनः छलफलमा जुटेका हुन् । यसअघि याक एण्ड यति होटलमा केही चरण छलफल गरेका नेताहरुबीच आज पुनः ललितपुरको समिट होटलमा छलफल शुरु भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यसअघि गठित वार्ता टोलीमा रहेका भीम रावल, शंकर पोखरेल, रघुजी पन्त बाहेकका नेताहरू चरणबद्ध रुपमा छलफल गरिरहेका छन् । आजको छलफलमा पनि संस्थापन पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी छन् भने माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेता सहभागी छन् ।

samit

अध्यक्ष ओलीले यसबीचमा भएका छलफलको सहमति बमोजिम नै जेठ ३ अघिको अवस्थामा फर्किने लिखित प्रतिवद्धता सार्वजनिक गरे पनि माधव नेपाल पक्षले अस्वीकार गरेको छ । तर नेपाल पक्षका भूषाल, विष्टका अतिरिक्त योगेश भट्टराई, भीम आचार्य, दीपकप्रकाश भट्ट, गणेश पहाडी, नारायण खतिवडा, पवित्रा निरौला खरेल लगायतका सांसदहरु ओलीतिर जाने संभावना बढिरहेको छ ।

ओलीको प्रस्तावप्रति योगेश भट्टराईले सकारात्मक रुपमा लिनुपर्ने बताउँदै आएका छन् भने विष्ट र भूषाल मौन रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय