‘ट्रान्सपोर्ट पायोनियर’ प्रितम सिंहले जिते कोरोना
नेपालबहस संवाददाता
जेठ २५, २०७८ बुधबार १:३६:४४
२५ जेठ, काठमाडौं । नेपालका ‘ट्रान्सपोर्ट पायोनियर’ प्रितम सिंहले ८७ वर्षको उमेरमा कोरोनामाथि विजय प्राप्त गरेका छन् । नेपालमा पहिलोपटक ३ वटा ट्रक भित्र्याई ट्रान्सपोर्टको जग बसालेका कारण सिंहलाई ‘ट्रान्सपोर्ट पायोनियर’ उपनामले चिनिन्छ।
सन् १९५७ मा २२ वर्षको उमेर छँदा प्रितम सिंह जम्मूबाट आफ्ना पितासँगै ट्रकमार्फत काठमाण्डौ प्रवेश गरेका थिए । उनीहरुले ल्याएको त्यो ट्रक नै नेपालमा भित्रिएको पहिलो ट्रक रहेको र सो समयदेखि नै नेपालमा सार्वजनिक ढुवानीको कामको थालनी भएको मानिन्छ ।
त्यसबेला काठमाडाैं आएका उनलाई तत्कालीन राजा महेन्द्रले यहीँ बस्न आग्रह गरे । राजा महेन्द्रले सिंह बाबुछोरालाई आफूसँगै ल्याएको ट्रक यहीँ चलाई यहाँको ट्रान्सपोर्ट लाइन स्थापनामा मद्धत गर्न आग्रह गरेका भारतीय दूतावासबाट प्रकाशित ‘शिख हेरिटेज अफ नेपाल’ नामक पुस्तकमा उल्लेख छ ।
उनीहरुको मद्धतबाटै काठमाण्डौमा शिख समुदायको प्रवेश बढी ठूलो संख्या भएको सो पुस्तकमा उल्लेख छ । नेपालका शिख समुदायका प्रेरणाका स्रोत तथा ट्रान्सपोर्ट पायोनियर ८७ वर्षीय प्रितम सिंह कोरोना संक्रमित भई थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत थिए । २२ दिन लामो उपचारपछि उनले कोरोनामाथि जित हासिल गरेका हुन् ।
हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार