मंगलबार , असार १, २०७८

ओलीको ६ बुँदे प्रस्तावलाई पार्टी एकताको इमान्दार प्रयास मान्न नसकिने गौतमको निष्कर्ष

ओलीको ६ बुँदे प्रस्तावलाई पार्टी एकताको इमान्दार प्रयास मान्न नसकिने  गौतमको निष्कर्ष

२५ जेठ, काठमाडौं । एमाले नेता वामदेव गौतमले पार्टी एकतामा अध्यक्ष केपी ओलीको प्रयत्न इमानदार नदेखिएको प्रतिक्रिया दिएका छन्।

गौतमले पार्टी एकताका लागि ओलीले गरेको ६ बुँदे प्रस्तावका सम्बन्धमा पार्टी एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समितिका सदस्यहरुबीच छलफलपछि यस्तो निष्कर्ष निकालेको जनाएका हुन्।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

मंगलबार गौतमले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीलाई २०७५ जेठ २ गते कायम रहेको दुई बरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाउन आग्रह गरेका हुन् ।

उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एकताका लागि पेश गरेको ६ बुँदे प्रस्तावपछि पार्टी एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समितिको बैठक बसेको र बैठकले ओलीको ६ बुँदे प्रस्तावलाई पार्टी एकताको इमान्दार प्रयास मान्न नसकिने निष्कर्ष निकालेको बताएका छन् ।

गौतमले भनेका छन्, ‘अध्यक्षले वक्तव्यमा आफ्नै प्रशंशालगायत कुटिल चातुर्य र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोगका बाबजुद बुँदा न। १ मा ‘नेकपा ‘एमाले’ लाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ’ भनेको विषयलाई बैठकले सकारात्मक रुपमा ग्रहण गरेको छ। तर सोही बुँदामा एकताको पक्षमा उभिएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भन्ने विषय एमालेभित्रको समस्यामा ल्याउनु अनुचित छ। त्यसैगरी जनवर्गीय संगठनहरुका संरचनाका सम्बन्धमा मूलभूत रुपमा भन्नुको अर्थ २०७५ जेठ ३ पूर्वको जस्ताको तस्तै अवस्थालाई अस्वीकार पनि गर्न सकिन्छ भन्ने हो जसलाई इमानदार एकताको प्रयत्न मान्न सकिन्न।’

Statment UML Unification 1

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

निषेधाज्ञामा सलिनमान आफ्नै युटुबमा च्यानलमा मस्त निषेधाज्ञामा सलिनमान आफ्नै युटुबमा च्यानलमा मस्त १७ घण्टा पहिले
भक्तपुरका खाद्यान्न स्टोरमा म्याद गुज्रेको सामान फेला भक्तपुरका खाद्यान्न स्टोरमा म्याद गुज्रेको सामान फेला १६ घण्टा पहिले
सोमाली सेनाको कारबाहीमा १६ जना अल–शबाब विद्रोहीको मृत्यु सोमाली सेनाको कारबाहीमा १६ जना अल–शबाब विद्रोहीको मृत्यु १८ घण्टा पहिले
नर्सरीमा उत्पादन गरेको बिरुवा सर्वसाधारणलाई वितरण नर्सरीमा उत्पादन गरेको बिरुवा सर्वसाधारणलाई वितरण २२ घण्टा पहिले
निषेधाज्ञाको मोडालिटीमा परिवर्तन: के-गर्न पाइन्छ, के-पाइँदैन ? निषेधाज्ञाको मोडालिटीमा परिवर्तन: के-गर्न पाइन्छ, के-पाइँदैन ? १४ घण्टा पहिले
नर्भिकमा असार २८ देखि जेनेटिक ल्याबसहितको आइभिएफ सेन्टर संचालनमा आउने नर्भिकमा असार २८ देखि जेनेटिक ल्याबसहितको आइभिएफ सेन्टर संचालनमा आउने १३ घण्टा पहिले
देशभर मनसुन शुरु भएसँगै बाढी तथा पहिराेको जोखिम देशभर मनसुन शुरु भएसँगै बाढी तथा पहिराेको जोखिम २० घण्टा पहिले
करिब १० करोड घाटामा रहेको खानीखोलाको उच्च शेयर खरिद माग, बिक्रीकर्ता कति ? करिब १० करोड घाटामा रहेको खानीखोलाको उच्च शेयर खरिद माग, बिक्रीकर्ता कति ? १८ घण्टा पहिले