भारतमा कालो ढुसीको संक्रमणमा उल्लेख्य वृद्धि
नेपालबहस संवाददाता
जेठ २५, २०७८ बुधबार २:१९:४२
२५ जेठ, काठमाडौं । भारतमा दोस्रो लहरको कोरोना भाइरस ‘कोभिड-१९’ को संक्रमण विस्तारै कम हुँदै गइरहेको बेला कालो ढुसीको संक्रमणमा रुपमा उल्लेख्य वृद्धि भएको छ । भारतमा म्युकर्माइकोसिस नामक यो रोगको मृत्युदर पनि उच्च छ ।
सोमबार भारतीय स्वास्थ्यमन्त्री हर्ष वर्धनले भारतमा ढुसीको संक्रमण भएका २८ हजारभन्दा धेरै बिरामी देखिएको बताएका छन् । कोभिड– १९ भएका बिरामीमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसी ‘म्युकरमाइकोसिस’को संक्रमण अहिले केही मानिसमा पुष्टि भएको छ ।
यो संक्रमण बिरलै देखिन्छ, तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुन सक्ने भएकाले समयमा नै ध्यान पुर्याउनुपर्छ । भारतका २८ राज्यमा अहिलेसम्म म्युकर्माइकोसिसका २८ हजार २५२ संक्रमित देखिएका छन् ।
यीमध्ये ८६ प्रतिशत अर्थात् २४ हजार ३७० संक्रमितहरु यसअघि कोभिड–१९ बाट पनि संक्रमित भइसकेको पाइएको छ भने ६२.३ प्रतिशत अर्थात् १७ हजार ६०१ संक्रमित मधुमेहको समस्याबाट पीडित देखिएको छ,’ उनले भने । संघीय मन्त्रीहरुको बैठकमा हर्ष वर्धनले यस्तो बताएका हुन् ।
सबैभन्दा धेरै ६ हजार ३२९ संक्रमित महाराष्ट्रमा देखिएका छन् । गुजरातमा ५ हजार ४८६ र त्यसपछि मध्यप्रदेश, उत्तर प्रदेश, राजस्थान, हरियाणा, कर्नाटक, दिल्ली र आन्ध्रप्रदेशमा देखिएका छन् ।
प्रारम्भिक लक्षण
अनुहार, मुख, नाक आँखावरिपरि दुख्ने ।
आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने ।
नाकबाट रगत बग्ने, बाक्लो सिंगान आउने ।
ज्वरो आउने ।
आँखाको ढकनी सुन्निने र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने ।
दाँत दुख्ने वा हल्लिने ।
कस्ता व्यक्ति बढी जोखिममा ?
४५ देखि ६५ वर्ष उमेर समूह ।
डाइबेटिक वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरू ।
धेरैखाले एन्टिबायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेहरू ।
रोकथामका उपायहरू
सफा र सुक्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने ।
नियमित रूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने ।
व्यक्तिगत स्वच्छतामा ध्यान दिने ।
घरबाहिर वा फोहोरमा काम गर्नु परे डिस्पोजेबल पन्जाको प्रयोग गर्ने ।
धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने ।
नुनिलो पानीले नाक सफा गर्ने ।
पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने ।
जथाभावी स्टोरोइड र एन्टिबायोटिक प्रयोग नगर्ने ।
सुगर भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने ।
स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि सेवन गर्ने ।
कालो ढुसी संक्रमण कोरोनाजस्तो एक मानिसबाट अर्को मानिसमा सर्दैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार