मंगलबार , असार १, २०७८

बूढानीलकण्ठका १,४०९ ले लगाए भेरोसेलको पहिलो मात्रा

बूढानीलकण्ठका १,४०९ ले लगाए भेरोसेलको पहिलो मात्रा

२५ जेठ, काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले एक हजार ४०९ जनालाई कोरोना भाइरसविरुद्धको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा उपलब्ध गराएको छ । नगरपालिका क्षेत्रका ६०–६४ वर्ष उमेर समूहका ७१८ महिला र ६९१ पुरुषलाई आज कोरोना भाइरसविरुद्धको खोप दिइएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए ।

वडा नं २ स्थित गणेश माध्यमिक विद्यालय, वडा नं ९ स्थित नेशनल आइडियल बोर्डिङ स्कूल मण्डिखाटार र वडा नं १० कपनस्थित बालउद्धार माध्यमिक विद्यालयलाई नगरपालिकाले खोप केन्द्र तोकेको छ । खोप बुधबार र बिहीबार पनि लगाइने कार्यक्रम छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यसअघि नगरपालिकाका दुई हजार ९०७ महिला र दुई हजार ६१३ पुरुष गरी कुल पाँच हजार ५२० जनालाई कोभिशिल्डको पहिलो मात्रा उपलब्ध गराइएको थियो । भारतले कोभिशिल्डको निर्यात बन्द गरेपछि दोस्रो मात्रा दिनेबारे अन्योल छ ।

नगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार अहिलेसम्म यहाँका दुई हजार २८४ जनामा कोरोना पुष्टि भइसकेको छ । ामज मात्रै कोरोनाका ६३ नयाँ केस भेटिएका छन् । यद्यपि संक्रमितमध्ये एक हजार ८३७ जनाले स्वास्थ्यलाभ गरिसकेका छन् ।

अब नगरपालिकामा सक्रिय संक्रमितको संख्या ४२८ छ । तीमध्ये ३९० जना होम आइसोलेशन र ३८ जना विभिन्न अस्पतालमा उपचाररत रहेको नगरपालिकाको नियमित बुलेटिनमा उल्लेख छ । कोरोनाबाट नगरपालिकामा हालसम्म १९ जनाको मृत्यु भइसकेको वडा नं १० का वडाध्यक्ष भट्टराईले जानकारी दिए। नगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार ज्यान गुमाउनेमा आठ महिला र ११ पुरुष छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सोमाली सेनाको कारबाहीमा १६ जना अल–शबाब विद्रोहीको मृत्यु सोमाली सेनाको कारबाहीमा १६ जना अल–शबाब विद्रोहीको मृत्यु १८ घण्टा पहिले
लगातारको पानीले धेरै नदी तथा खोलामा बाढी: सतर्कता अपनाउन आग्रह लगातारको पानीले धेरै नदी तथा खोलामा बाढी: सतर्कता अपनाउन आग्रह १ घण्टा पहिले
ओलीले डाके स्थायी कमिटी, माधव समूहलाई समेत आमन्त्रण ओलीले डाके स्थायी कमिटी, माधव समूहलाई समेत आमन्त्रण १९ घण्टा पहिले
घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि ११ घण्टा पहिले
लकडाउनले वेल संकलन तथा जुस उत्पादनमा बाधा लकडाउनले वेल संकलन तथा जुस उत्पादनमा बाधा १४ घण्टा पहिले
नेपालको आन्तरिक मामिलामा वाह्य हस्तक्षेप सह्य हुने छैन: दिलनाथ गिरी नेपालको आन्तरिक मामिलामा वाह्य हस्तक्षेप सह्य हुने छैन: दिलनाथ गिरी १२ घण्टा पहिले
मनाङेको अभिव्यक्तिप्रति राखेपको गम्भीर ध्यानाकर्षण, कारबाहीको माग मनाङेको अभिव्यक्तिप्रति राखेपको गम्भीर ध्यानाकर्षण, कारबाहीको माग ३७ मिनेट पहिले
जनमोर्चाका सांसद थापालाई पुनर्बहाली गर्न यसअघि दिएको अन्तरिम आदेश खारेज जनमोर्चाका सांसद थापालाई पुनर्बहाली गर्न यसअघि दिएको अन्तरिम आदेश खारेज १६ घण्टा पहिले