अफ्रिकामा खोप व्यवस्थाका लागि १ अर्ब ३० करोड डलर सहयोग
नेपालबहस संवाददाता
जेठ २५, २०७८ बुधबार ५:३२:५९
२५ जेठ, टोरन्टो । मास्टरकार्ड फाउन्डेसनले अफ्रिकामा कोभिड–१९ को खोप व्यवस्था गर्न एक अर्ब ३० करोड डलर उपलब्ध गराउने घोषणा गरेको छ । फाउन्डेसनले उक्त रकम तीन वर्षभित्र खर्च गरिसक्ने जनाएको छ ।
मास्टरकार्ड फाउन्डेसनबाट पहिलो पटक व्यवस्था गरिएको यस अभियानबाट खोपको व्यवस्था गर्न कठिनाई भोगिरहेको अफ्रिकालाई ठूलो राहत पुग्नेछ । समयमै खोप लगाउन नसके अफ्रिकामा कोभिड–१९ को तेस्रो लहर आउने अनुमान गरिएको छ ।
फाउन्डेसनले छुट मूल्यमा जोन्सन एन्ड जोन्सनबाट खोप खरिद गर्ने योजना बनाएको छ । यो खोप खरिद गर्न जोन्सन कम्पनीसँग अफ्रिकी युनियनले मध्यस्थता गर्दैछ । जोन्सनले २२ करोड डोज खोप अफ्रिकी युनियनलाई उपलब्ध गराउने सम्झौता गरेको छ । युनियनकी एक प्रवक्ताले आगामी अगस्ट महिनाभित्रै जोन्सनको खोप उपलब्ध हुने विश्वास व्यक्त गरे ।
विश्व स्वास्थ्य संगठनले अफ्रिकामा कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने चेतावनी दिएको भोलिपल्टै क्यानाडाको टोरन्टोस्थित मास्टरकार्ड फाउन्डेसनले रकम व्यवस्था गर्न लागेको घोषणा गरेको हो । अफ्रिकामा हाल कोभिड–१९ को खोपको आपूर्ति लगभग ठप्प छ ।
अफ्रिकामा खोपको अभाव हुनुमा खासगरी भारतले सेरम इन्स्टिच्यूटबाट उत्पादन गरिएको खोप निकासीमा प्रतिबन्ध लगाउनु पनि हो ।अफ्रिकी संक्रामक रोग नियन्त्रण एवं रोकथाम केन्द्र ९अफ्रिकी सिडीसी० ले युनियनमा आबद्ध ५५ अफ्रिकी मुलुकमा उक्त खोप समानुपातिक रुपमा वितरण गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाकिस्तानी नागरिकका २७ लाख डाटा चोरी
चैत १५, २०८० बिहिबार
बंगलादेशमा किन चल्दै छ ‘इन्डिया आउट’ को अभियान ?
चैत १४, २०८० बुधबार
परपुरुषसँग अवैध सम्बन्ध राख्ने महिलालाई ढुंगाले हानेर मार्ने तालिवानको घोषणा
चैत १४, २०८० बुधबार
आस र डर त्रासमा कांग्रेस, के हो देउवा र रविको भित्री कुरा ?
केदार भट्टराई (काका)
चैत १२, २०८० सोमबार
टेरामक्स रोक्ने मुख्यसचिवको दौड, किन हच्किए राई ?
नेपालबहस संवाददाता
चैत १२, २०८० सोमबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
ठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, ७७ यात्रु सुरक्षित
चैत १५, २०८० बिहिबार
के तपाईलाई थाहा छ, शेर र शेरनीमा को बढी खतरनाक हुन्छ ?
चैत १५, २०८० बिहिबार
हुम्लामा आयो २३ सय ४० क्विन्टल पोषणयुक्त चामल
चैत १५, २०८० बिहिबार
गरिमा विकास बैंकको सीईओमा माधव आचार्य नियुक्त, चार वर्षे कार्यकाल
चैत १५, २०८० बिहिबार