बुधबार , असार २, २०७८

प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

२६ जेठ, काठमाडौं । जेठ ११ गतेदेखि निष्कासन तथा विक्री खुला भएको प्रभु बैंकको ऋणपत्रमा आज जेठ २६ गतेसम्म आवेदन दिन सकिने छ । १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको उक्त ऋणपत्रमा अब जेठ २६ गतेसम्म आवेदन दिन सकिने भएको हो ।

कम्पनीले कुल ४० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो । कुल कित्तामध्ये कम्पनीले १६ लाख सामूहिक लगानीकोष सहित सर्वसाधारणमा विक्री गर्नेछ भने २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई विक्री गर्नेछ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

सर्वसाधारणका लागि छुट्याएको मध्येबाट २ हजार ५०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरी बाँकी १५ लाख ९७ हजार ५०० कित्ता ऋणपत्र सार्वजनिक निष्कासन गर्न लागेको हो ।

प्रति ऋणपत्र १ हजार दरको यो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै ऋणपत्र खरीदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयसँगै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको कम्पनीले जनकाारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बाढी प्रभावितको उद्धार र राहतमा जुट्न तरुण दलको निर्देशन बाढी प्रभावितको उद्धार र राहतमा जुट्न तरुण दलको निर्देशन ९ मिनेट पहिले
झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै ३ घण्टा पहिले
नेपालमा संक्रमणको दर लगातार घट्न थाल्याे, आज थप ४१ जनाको मृत्यु नेपालमा संक्रमणको दर लगातार घट्न थाल्याे, आज थप ४१ जनाको मृत्यु १९ घण्टा पहिले
प्रतिनिधिसभा विघटन मुद्धामा बारले तोक्यो एमिकस क्युरी प्रतिनिधिसभा विघटन मुद्धामा बारले तोक्यो एमिकस क्युरी १५ घण्टा पहिले
मुगुमा प्रवासी नेपालीद्धारा अक्सिजन सिलिण्डर सहयोग मुगुमा प्रवासी नेपालीद्धारा अक्सिजन सिलिण्डर सहयोग १९ घण्टा पहिले
मनसुन सक्रिय भएसँगै देशभर भारी वर्षाको सम्भावना मनसुन सक्रिय भएसँगै देशभर भारी वर्षाको सम्भावना ६ घण्टा पहिले
राष्ट्रपतिको खोप कुटनीति निश्प्रभावी, धेरै राष्ट्रले पत्रको जवाफ समेत फर्काएनन् राष्ट्रपतिको खोप कुटनीति निश्प्रभावी, धेरै राष्ट्रले पत्रको जवाफ समेत फर्काएनन् २८ मिनेट पहिले
रामपुर अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न बजेट निकासा रामपुर अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न बजेट निकासा २२ घण्टा पहिले