मंगलबार , असार ८, २०७८

रोकिएको जनगणना साउन दोस्रोदेखि संचालन गर्न प्रस्ताव

रोकिएको जनगणना साउन दोस्रोदेखि संचालन गर्न प्रस्ताव

२६ जेठ, काठमाडौं। राष्ट्रिय जनगणना सञ्चालक समितिले कोरोना (कोभिड–१९)का कारण रोकिएको १२ औ राष्ट्रिय जनगणना साउन दोस्रो सतादेखि सुरु गर्न सकिने प्रस्ताव तयार गरेको छ ।

समितिले आगामी साउन १५ देखि असोज १५ गते भित्र जनगणना  गर्न सकिने गरी प्रस्ताव तयार गरेको हो ।मन्त्रीपिरषद बैठकमा छिटै उक्त प्रस्ताव लाने तयारी भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यसअघि सरकारले जेठ २५ देखि असार ८ गतेसम्म देशभर एकै पटक राष्ट्रिय जनगणना गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि गत वैशाख २० गतेको मन्त्रिपरिषद बैठकले जनगणनाको सबै काम स्थगित गर्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय