बुधबार , असार २, २०७८

कोरोना खोप लगाउँदा एक खिल्ली गाँजा खान पाइने

कोरोना खोप लगाउँदा एक खिल्ली गाँजा खान पाइने

२६ जेठ, एजेन्सी । विश्वमा प्राय अच्चमका कुराहरु धेरै भइरहेका हुन्छन् । पछिल्लो समय विश्वभर फैलिएको कोरोना भाइरस ‘कोभिड-१९’ विरुद्धको खोप लगाए एक खिल्ली गाँजा खान पाइने भएको छ ।

यो समाचार अमेरिकाको वासिङ्टन राज्यको हो । बीबीसीमा प्रकाशित समाचारका अनुसार वासिङ्टनमा अब कोरोना भाइरसविरूद्धको खोप लगाउने २१ वर्ष माथिका नागरिकलाई तत्कालै एक खिल्ली गाँजा उपहार दिने कार्यक्रम ल्याएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

सोमबार घोषणा भएको उक्त कार्यक्रमको नाम ‘जोइन्ट्स फर ज्याब्स’ राखिएको छ। यसबाट युवाहरू कोरोना खोप लगाउन उत्प्रेरित हुने आशा गरिएको छ। खोप लगाउँदा गाँजा खान पाइने कार्यक्रम जुलाई १२ सम्म लागु हुनेछ। वासिङ्टन राज्यमा अहिलेसम्म ५८ प्रतिशत मानिसले मात्र कोरोनाको पहिलो डोज लगाएका छन् भने पूर्ण खोप लगाउनेहरू ४९ प्रतिशत छन्।

खोप लगाउनेलाई यस्ता विभिन्न उपहार योजना यसअघि अमेरिकाका अरू राज्यले पनि ल्याएका थिए। एरिजोनामा पनि कोरोना खोप लगाउँदा गाँजा दिने कार्यक्रम सुरू गरिएको थियो। केही राज्यले खोप लगाउनेलाई सित्तैमा बियर दिने, केहीले विश्वविद्यालयमा छात्रवृत्ति दिने गरेका छन् भने केहीले लाखौं डलरको चिठ्ठा राखेका छन्।

अमेरिका मध्ये अप्रिलदेखि मानिसहरूले कोरोना भाइरसविरूद्धको खोप लगाउने क्रम ओह्रालो लागेको हो। मानिसहरूलाई खोप लगाउन उत्प्रेरित गर्न राज्यको पैसाबाट यस्ता कार्यक्रम ल्याउन केन्द्र सरकारले नै अनुमति दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय