शुक्रबार , असार ११, २०७८

कर्णाली प्रदेश सभा बैठक आज पनि बस्दै

कर्णाली प्रदेश सभा बैठक आज पनि बस्दै

२६ जेठ, सुर्खेत । कर्णाली प्रदेश सभा बैठक बुधबार आज पनि बस्दै छ । भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई प्रदेश सभा बैठकबाट निकाल्न माग गर्दै प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको सभा आज दिउँसो २ बजेको लागि बोलाइएको हो ।

बजेट अधिवेशन सुरु भएपछि सोमबार र मंगलबार पटक पटक स्थगित भएको बैठक खुलाउने विषयमा सरकार पक्ष र प्रतिपक्षबीच मंगलबार वार्ता भएपनि सहमती जुट्न सकेन ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

एमाले संसदीय दलका नेता यामलाल कँडेलले फौजदारी अभियोग लागेका थापालाई प्रदेश सरकारले मन्त्री बनाएको भन्दै त्यसको विरोध गरेका थिए । उनलाई सभाबाट ननिकालेसम्म बैठक चल्न नदिने एमालेको अडान छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय