सोमबार , असार ७, २०७८

स्थानीय तह: बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा

स्थानीय तह: बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा

२६ जेठ, दमौली । असार १५ गते स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाबमोजिम जिल्लाका स्थानीय तह आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका छन् । बजेट, नीति तथा कार्यक्रमको तयारी शुरु हुँदै गर्दा तनहँुँका स्थानीय तहले सुझाव माग गर्न शुरु गरेका छन् ।

आगामी वर्षको बजेट, नीति तथा कार्यक्रममा समेट्न सकिने विषयलाई इमेलमार्फत सुझाव माग गरिएको सदरमुकामस्थित व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

श्रेष्ठका अनुसार सम्पूर्ण नगरवासी, व्यवसायी, नागरिक समाज, राजनीतिक दललगायतलाई यही जेठ २८ गतेसम्म इमेल तथा प्रत्यक्षरूपमा सुझाव माग गरिएको छ । “आव २०७८/७९ को स्रोत अनुमान तथा बजेट सीमा निर्धारण सम्बन्धमा जानकारी प्राप्त भएकाले तोकिएको स्रोत अनुमान र सीमाको आधारमा २०७८ जेठ मसान्तभित्र पेश गर्न बजेट तथा कार्यक्रम तर्जुमा समितिलाई निर्देशन दिइएको छ”, प्रवक्ता श्रेष्ठले भने ।

शुक्लागण्डकी नगरपालिकाले पनि इमेलमार्फत आगामी वर्षको योजनाका लागि सुझाव माग गरेको छ । ‘पर्यटन, कृषि र पूर्वाधार स् समृद्ध शुक्लागण्डकीको आधार’ लाई मुख्य रणनीतिक लक्ष्यका साथ नगरपालिकाले बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । उनका अनुसार बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुका सम्बन्धमा रचनात्मक सुझाव दिन राजनीतिक दल, नागरिक समाज, सरकारी तथा गैरसरकारी संस्था, शिक्षक, बुद्धिजीवी, पेशा व्यवसायीलाई जेठ ३१ गतेसम्म सुझाव दिन अनुरोध गरिएको छ ।

बन्दीपुर गाउँपालिकाले २० वर्षे एकीकृत विकास गुरुयोजनाको दीर्घकालीन सोच, लक्ष्य तथा उद्देश्यसँग तादात्म्यता हुने गरी आवश्यकताका आधारमा बजेट, नीति तथा कार्यक्रम बनाउने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले जेठ २७ गतेभित्र सरोकारवालाहरुको बजेट माग गरेको छ । “गाउँपालिकाको नीति तथा कार्यक्रम, बजेट कस्तो बनाउने भन्ने विषयमा सबैसँग नीतिगत सुझाव माग गरेका छौँ”, उनले भने, “सङ्कलन भएका सुझावलाई समेटेर नीति, कार्यक्रम तथा बजेट निर्माण गर्छौँ ।”

म्याग्दे गाउँपालिकाले पनि जनताको आवश्यकता र मागका आधारमा बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्ने लक्ष्य लिएको छ । प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार गाउँपालिकाले आव २०७८र७९ का लागि रु ६५ करोड ६६ लाख ३१ हजारको बजेट ल्याउने तयारी गरेको छ । नेपालको संविधानद्वारा प्रदत्त स्थानीय तहको अधिकार, स्थानीय सरकार सञ्चालन ऐन–२०७४, स्थानीय तह वार्षिक बजेट तथा योजना तर्जुमा दिग्दर्शन–२०७४, पन्ध्रौँ पञ्चवर्षीय योजना, दिगो विकास लक्ष्यहरुको स्थानीयकरण रायसँग तादात्म्यता हुने गरी पालिकाहरूले बजेट, नीति तथा कार्यक्रम बनाउने तयारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति ६ घण्टा पहिले
अब काठमाडौं उपत्यकामा बार अनुसार पसल खोल्न पाइने अब काठमाडौं उपत्यकामा बार अनुसार पसल खोल्न पाइने २० घण्टा पहिले
एमाले छिरेका पूर्व माओवादीमा चरम निराशा एमाले छिरेका पूर्व माओवादीमा चरम निराशा २२ घण्टा पहिले
पोखरा–बाग्लुङ सडकखण्डमा दुर्घटना हुँदा दुईको मृत्यु पोखरा–बाग्लुङ सडकखण्डमा दुर्घटना हुँदा दुईको मृत्यु ४ घण्टा पहिले
रिलायबल नेपाल लाइफको आईपीओ रेटिङ सम्पन्न रिलायबल नेपाल लाइफको आईपीओ रेटिङ सम्पन्न १ घण्टा पहिले
भारतमा ८१ दिनपछि सबैभन्दा कम कोरोना संक्रमित भारतमा ८१ दिनपछि सबैभन्दा कम कोरोना संक्रमित २३ घण्टा पहिले
कुमारी बैंकद्धारा मेलम्चीका बाढीपीडितलाई सहयोग कुमारी बैंकद्धारा मेलम्चीका बाढीपीडितलाई सहयोग १८ घण्टा पहिले
नेपाल इन्स्योरेन्सको शेयरमा ३ लाख १७ हजार कित्ता खरीद माग नेपाल इन्स्योरेन्सको शेयरमा ३ लाख १७ हजार कित्ता खरीद माग ६० मिनेट पहिले