कोरियाबाट राष्ट्रिय आविष्कार केन्द्रलाई अक्सिजन सिलिण्डर सहयोग
नेपालबहस संवाददाता
जेठ २६, २०७८ बुधबार १५:५०:४४
२६ जेठ,सउल । वाग्मती प्रदेश एकता समाज दक्षिण कोरियाले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ४० लिटर क्षमताका १० वटा अक्सिजन सिलिण्डर सहयोग गरेको छ । संस्थाका अध्यक्ष रविप्रताप घिसिङलगायतले मङ्गलबार आविष्कार केन्द्रमै पुगी उक्त सहयोग गरेका हुन् ।
समाजका तर्फबाट दक्षिण कोरियामा रहेका नेपालीमाझ दुई हप्तासम्म सहयोग सङ्कलन अभियान चलाइएको थियो । दुई हप्ताको अवधिमा रु १९ लाख ५१ हजार कोरियन वन सङ्कलन भएको थियो । उक्त रकममध्येबाट १० वटा अक्सिजन सिलिण्डर खरिद गरिएको हो ।
राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट निमित्त प्रमुख किशोर रिमालले उक्त सामग्री स्वीकार गर्दै सहयोग गरेकामा दक्षिण कोरियाका नेपालीलाई धन्यवाद व्यक्त गरेको संस्थाका अध्यक्ष घिसिङले बताए । सहयोग वितरण कार्यमा संस्थापक यदुकुमार गिरी, चित्रबहादुर मोक्तानलगायतको उपस्थिति थियो । अक्सिजन सिलिण्डर खरिदपश्चात बाँकी हुने रकम पनि कोरोनापीडितकै लागि खर्च गरिने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानुबाबुका ११ गुदी मन्त्र, जसले अमेरिकामा व्यवसाय पूर्व तपाईँका आँखा खोल्छ !
चैत २८, २०८० बुधबार
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता
चैत २६, २०८० सोमबार
सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग
चैत २५, २०८० आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार