मंगलबार , असार ८, २०७८

यस वर्षदेखि कर्णालीमा ‘गोठालो भत्ता’ कार्यक्रम लागु गरिने

यस वर्षदेखि कर्णालीमा ‘गोठालो भत्ता’ कार्यक्रम लागु गरिने

२६ जेठ, कर्णाली । कर्णाली प्रदेश सरकारले यस वर्षदेखि ‘गोठालो भत्ता’ कार्यक्रम लाई प्राथमिकतामा राखेको छ । यो कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागु हुनेछ । जीवनभरि कृषि पेशामा लागेर ६० वर्ष नाघेका किसानलाई पनि प्रदेश सरकारले मासिक रु ५०० दिनेगरी ‘कृषक पेन्सन’ कार्यक्रम सञ्चालन गर्ने योजना अगाडि सारेको हो ।

‘गोठालो भत्ता’ कार्यक्रमअन्तर्गत किसानले मासिक रु एक हजार प्राप्त गर्नेछन् । भत्ता पाउने गोठालोले भने पाँच भैँसी, ५० बाख्रा, पाँच चौँरी गाई, ५० भेडाको व्यावसायिक पालन गरेको हुनुपर्ने मापदण्ड राखिएको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

“नेपाल कृषि प्रधान देश भनिए पनि पछिल्लो समयमा कृषि पेशासहित कृषकहरुलाई हेयका दृष्टिले हेर्न थालिएको छ”, कृषिमन्त्री शाहीले भने, “कृषि क्षेत्र र यो पेशामा आबद्ध कृषकलाई प्रोत्साहित गरी कृषि पेशाप्रतिको आकर्षण र महत्व बढाउने उद्देश्यका साथ सरकारले आगामी आर्थिक वर्ष ०७८÷०७९ बाट सञ्चालन हुने गरी ‘गोठालो भत्ता’ कार्यक्रमलाई प्राथमिकता दिएको हो ।”

उनले भने, “मन्त्रालयले प्रदेशसभा सदस्य, पालिकाका प्रमुख, कृषि मन्त्रालयअन्तर्गत जिल्लामा रहेका कृषि कार्यालय र यस प्रदेशका कृषि विज्ञ, अध्येता र सरोकारवालाहरुको सुझावलाई आधार बनाएर नीतिगतरूपमा योजना, कार्यक्रम तथा बजेट तर्जुमा गरेको छ । ती योजनालाई नै प्राथमिकता दिएर प्रभावकारी कार्यान्वयनमा जोड दिनेछौँ ।”

त्यसैगरी प्रदेश सरकारले ‘एक पकेट क्षेत्र, एक प्राविधिक, ‘एक वडा, एक सिँचाइ पोखरी’ कार्यक्रम सञ्चालन गर्ने उनले बताए । उनका अनुसार कृषि क्षेत्रको दीगो विकास र समृद्धिका लागि बाली, बागवानी र पशु अनुसन्धान केन्द्रमा विशेष जोड दिइनेछ । पशु, तरकारी तथा फलफूल स्रोत केन्द्र, पुराना ब्लक कार्यक्रम, सहुलियत कर्जा, ब्याजमा अनुदान, लक्षित वर्ग कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

आगामी वर्ष सल्यानको कपुरकोटलाई तरकारी उत्पादन, रुकुमपश्चिमलाई दुग्ध प्रशोधन, जाजरकोटमा मौरी पालन, जुम्लामा स्याउ तथा ओखर उत्पादन क्षेत्रका रुपमा विकास गर्ने एवं मुगु र डोल्पामा चौँरी फार्म निर्माणमा जोड दिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णाली प्रदेशले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

वर्षाका कारण हुम्लामा ५ दिनदेखि हवाई सेवा अवरुद्ध वर्षाका कारण हुम्लामा ५ दिनदेखि हवाई सेवा अवरुद्ध ४ दिन पहिले
आज शेयरबजारमा १७ अर्बभन्दा बढीको कारोबार आज शेयरबजारमा १७ अर्बभन्दा बढीको कारोबार ३ हप्ता पहिले
देउवा आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफलमा देउवा आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफलमा २ दिन पहिले
नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चद्वारा अन्तरिम आदेश जारी नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चद्वारा अन्तरिम आदेश जारी २ हप्ता पहिले
गोर्खाज फाइनान्सको शेयरमूल्य उच्च दरले वृद्धि, प्रतिशेयरमूल्य कति ? गोर्खाज फाइनान्सको शेयरमूल्य उच्च दरले वृद्धि, प्रतिशेयरमूल्य कति ? २ हप्ता पहिले
सत्ता प्राप्तिका लागि ठाकुर र महतोको दूतावासमा दौडधुप, रुक्मांगद कटवाल भारतीय दूतावासमा लुसुक्क सत्ता प्राप्तिका लागि ठाकुर र महतोको दूतावासमा दौडधुप, रुक्मांगद कटवाल भारतीय दूतावासमा लुसुक्क ४ हप्ता पहिले
जबर्जस्ती करणीका फरार प्रतिवादी पक्राउ जबर्जस्ती करणीका फरार प्रतिवादी पक्राउ ७ दिन पहिले
गुगल प्लसमा मुक्तिनाथ विकास बैंकका सबै कार्यालय अपडेट गुगल प्लसमा मुक्तिनाथ विकास बैंकका सबै कार्यालय अपडेट ३ हप्ता पहिले