मंगलबार , असार १, २०७८

ठेक्का अवधि सकियो,जडान भएन अक्सिजन प्लान्ट

ठेक्का अवधि सकियो,जडान भएन अक्सिजन प्लान्ट

२६ जेठ,जाजरकोट । ठेक्का अवधि सकिए पनि जाजरकोटको जिल्ला अस्पतालमा अझै अक्सिजन प्लान्ट जडान भएको छैन । अक्सिजन प्लान्ट जडान नहुँदा जटिल अवस्थाका कोरोना संक्रमितलाई जिल्लाबाहिर सिफारिस गर्नुपर्ने बाध्यता छ ।

जेठ १५ गतेभित्र अक्सिजन प्लान्ट जडान गर्ने गरी काठमाडौँको नेपटेक मेडिकल सप्लायर्सले ठेक्का सम्झौता गरेको थियो । कम्पनीले दुई महिनाअघि अक्सिजन प्लान्ट जडान गर्न रु ४० लाखमा ठेक्का सम्झौता गरेको थियो । अक्सिजन प्लान्ट स्थापनाका लागि आर्थिक वर्षको शुरुमै बजेट आए पनि बोलपत्र प्रक्रियामा जान ढिलाइ भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

ठेक्का सम्झौताअनुरूपको निर्धारित समय बितिसक्दा पनि नेपटेकले अस्पतालमा अक्सिजन प्लान्ट जडानको कुनै प्रक्रिया अघि नबढाएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । अक्सिजन प्लान्ट जडान नहुँदा अक्सिजनका सिलिण्डर भर्न नेपालगञ्ज पठाउनुपर्ने बाध्यता भएको स्वास्थ्य सेवा व्यवस्थापक टीकाराम जैशीले बताए । नेपटेकले कोरोना महामारी र लकडाउनका कारण प्लान्ट जडान गर्न नसकिएको भन्दै १५ दिनको थप समय माग गरेको छ तर कार्यालयले पाँच दिनको समय मात्र थप गरेको स्वास्थ्य सेवा व्यवस्थापक जैशीले बताए ।

उनका अनुसार निर्धारित समयभित्र काम सम्पन्न हुन नसके बढीमा पाँच दिनसम्म समय थप गर्न सकिने व्यवस्था छ । थप गरिएको समय पनि गुज्रिएपछि ठेकेदारले थप समय माग गरेको उनले बताए । नेपटेकका प्रोप्राइटर नरबहादुर लिम्बूले जेठ मसान्तभित्र अक्सिजन प्लान्ट जडान गरिने बताए । थपिएको समय पनि सकिएकाले ठेकेदारलाई कस्तो कारवाही गर्ने भन्नेबारे प्रमुख जिल्ला अधिकारीलगायतका सरोकारवालासँग परामर्श भइरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । समयमा अक्सिजन प्लान्ट जडान नगर्दा कोरोना संक्रमितलाई अक्सिजन दिन समस्या भएको जिल्ला अस्पतालका मेडिकल अधिकृत ओसरसिंह राठोरले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन हुने आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन हुने ४ दिन पहिले
सिईडीबी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ? सिईडीबी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ? ७ दिन पहिले
को को बन्दैछन् नयाँ मन्त्री ? को को बन्दैछन् नयाँ मन्त्री ? ५ दिन पहिले
करिब २ प्रतिशतले बढेको बजारमा एक सय ४९ कम्पनीका लगानीकर्ताले कमाए, कुनले कति ? करिब २ प्रतिशतले बढेको बजारमा एक सय ४९ कम्पनीका लगानीकर्ताले कमाए, कुनले कति ? ७ दिन पहिले
राष्ट्रिय जनमोर्चाले सर्वोच्चमा हाल्यो ‘भ्याकेट’, कृष्ण थापा पदमुक्त होलान् ? राष्ट्रिय जनमोर्चाले सर्वोच्चमा हाल्यो ‘भ्याकेट’, कृष्ण थापा पदमुक्त होलान् ? ६ दिन पहिले
कोभिडले बन्द रहेको नर्भिकको ओपीडी आइतबारदेखि संचालन हुने कोभिडले बन्द रहेको नर्भिकको ओपीडी आइतबारदेखि संचालन हुने ४ दिन पहिले
कोभिड जितेका पोलिस नागरिक भन्छन्–‘नेपालमा पनि यूरोपस्तरको अस्पताल रहेछ’ कोभिड जितेका पोलिस नागरिक भन्छन्–‘नेपालमा पनि यूरोपस्तरको अस्पताल रहेछ’ ४ दिन पहिले
दीपक मनाङेप्रति निर्वतमान मुख्यमन्त्री गुरुङकाे आक्रोश: सबै डाँकू बाल्मीकि नहुँदा रहेछन् [ भिडियाेसहित ] दीपक मनाङेप्रति निर्वतमान मुख्यमन्त्री गुरुङकाे आक्रोश: सबै डाँकू बाल्मीकि नहुँदा रहेछन् [ भिडियाेसहित ] २ दिन पहिले