बुधबार , असार २, २०७८

संवैधानिक इजलाशको आज पेशी तोकियाे

संवैधानिक इजलाशको आज पेशी तोकियाे

२६ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको सुनुवाइका लागि आज संवैधानिक इजलाश तोकिएको छ । सोमबार प्रधानन्यायाधीश अस्वस्थ रहेको भन्दै इजलाश नतोकेर सुनुवाइ स्थगित भएको थियो ।

मंगलबार पनि उक्त मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलाश तोकिएको थिएन । आजको सुनुवाइमा प्रश्न उठेका न्यायाधीशहरू दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले आफ्नो राय पेस गर्ने तयारी गरेका छन्।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट निवेदन दर्ता भएका छन् । जेठ १४ गतेबाट संवैधानिक इजलाशमा सुनुवाइ सुरु भए पनि अहिलेसम्म मुद्दाको मूल विषयमा बहस अघि बढ्न सकेको छैन।

रिट निवेदक पक्ष र सरकारी पक्षले इजलाश गठनका विषयमा पटक-पटक मुद्दा उठाएपछि प्रक्रिया अघि बढ्न नसकेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय