सीईडीबी हाइड्रोपावरको शेयरमा खरीद चाप उच्च
नेपालबहस संवाददाता
जेठ २६, २०७८ बुधबार १७:३२:४७
२६ जेठ, काठमाडौं । धितोपत्र दोस्रो बजारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बुधवारदेखि शेयर कारोबार शुरु भएको छ ।
मंगलवार कुल ८३ लाख ९४ हजार १०० कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको कम्पनीको सीएचडीसी स्टक संकेतबाट शेयर कारोबार शुरु भएको हो । कम्पनीले ८३ करोड ९४ लाख १० हजार चुक्तापूँजी बराबरको उक्त शेयर सूचीकृत गराएको हो ।
कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता १३८ दशमलव ७९ देखि ४१६ दशमलव ३७ सम्मको मूल्य रेञ्ज तोकेको थियो । नेप्सेले तोकेको अधिकतम मूल्यमै प्रि ( ओपनिङ सेसनमा कारोबार भएसँगै सोहि मूल्यमा नियमित सेसनको कारोबार शुरु भएको हो ।
पहिलो कारोबार दिन कम्पनीको शेयर खरीद चाप सबैभन्दा बढी रहेको छ । कारोबारको २२ मिनेटको अवधिसम्ममा कम्पनीको ५ लाख ९० हजार ३५६ कित्ता शेयर खरीद माग रहेको छ भने विक्रीकर्ता देखिएका छैनन् ।
यस अवधिसम्म कम्पनीको ३३ हजार ७६० बराबरको ८० कित्ता शेयर कारोबार भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि गत वैशाख ३१ गते आईपीओ बाँडफाँट गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
विश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
बैशाख १३, २०८१ बिहिबार
धाराको मुहान सुक्दा पानीको दुःख झेल्दै
बैशाख १३, २०८१ बिहिबार
खानेपानीको ट्याङ्की निर्माण
बैशाख १३, २०८१ बिहिबार