चितवनको क्यान्सर अस्पताल परिसरमा बागवानी फार्म निर्माण
नेपालबहस संवाददाता
जेठ २६, २०७८ बुधबार १८:२०:५९
२६ जेठ,चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा बृहत्तर बागवानी फार्म तथा नर्सरी विकास कार्यक्रम सञ्चालमा ल्याइने भएको छ । अस्पताल र वाग्मती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबीच सहकार्य गरेर नेपालकै नमूना फार्म निर्माण गर्न लागिएको हो ।
अस्पताल स्थापना हुनुअघि सो क्षेत्रमा फार्म नै रहेको थियो । हाल अस्पतालले ओगटेको क्षेत्रबाहेक ५० विघाभन्दा बढीमा फलफूलका रूख भए पनि आवश्यक व्यवस्थापनको अभावमा व्यावसायिक बन्न सकेको छैन । दुई संस्थाबीच गरिएको सम्झौतामा मन्त्रालयले बृहत्तर बागवानी फार्म तथा नर्सरी विकासका लागि कार्ययोजनाका आधारमा ससर्त अनुदान उपलब्ध गराउने छ ।
यसैगरी नर्सरीबाट उत्पादित आँप, लिची, कटहर, एभोकाडो, सपोटालगायत बहुवर्षे फलफूलहरूको गुणस्तरीय बेर्ना वितरण एवं व्यवस्थापनका लागि मन्त्रालयले आफ्ना मातहतका कृषि ज्ञान केन्द्रहरूसँग आवश्यक समन्वय गर्नेछ । अस्पतालले बागवानी फार्म तथा नर्सरी विकास योजना तयार गरी मन्त्रालयबाट प्राप्त अनुदानको परिचालन गर्ने छ । बागवानी फार्म तथा नर्सरीमा कर्मचारी परिचालन तथा फार्मको सुरक्षाको प्रबन्ध अस्पतालले मिलाउने सम्झौतामा उल्लेख छ ।
कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार अस्पताल र मन्त्रालयको समन्वयमा सञ्चालक समिति गठन गरिनेछ । सञ्चालक समितिको काम, कर्तव्य र अधिकार निर्धारण गरिनेछ । सो समितिले फार्म तथा नर्सरी विकास कार्यक्रम सञ्चालनका लागि आवश्यक कार्ययोजना तथा विस्तृत परियोजना प्रतिवेदन तयार गर्नेछ । त्यहाँ वर्षिक तीन लाखभन्दा बढी बिरुवा उत्पादन गरी कृषकलाई सहुलियत दरमा उपलब्ध गराउने लक्ष्य राखिएको ढकालले जानकारी दिए । त्यहाँबाट भएको आम्दानीको ७० प्रतिशत कार्यक्रम सुदृढीकरणका लागि खर्च गरिनेछ भने बाँकी ३० प्रतिशत क्यान्सरका बिरामीको उपचारमा सहयोग गरिनेछ ।
पहिलो पाँच वर्षपछि मन्त्रालय र अस्पतालको आपसी समझदारीमा फार्मको व्यवस्थापन र सञ्चालन गरिनेछ । अस्पताल परिसरमा उत्पन्न हुने फोहोरमैला व्यवस्थापन गरिने दुई संस्थाको बीचमा भएको सम्झौतामा उल्लेख गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार हाल वार्षिक रु तीन लाख मात्रै आम्दानी भइरहेको छ । व्यवस्थित गर्दैगर्दा आम्दानी बढ्ने, जग्गाको सदुपयोग हुने, भएका बिरुवाको संरक्षण हुने, अस्पताल परिसर हरियाली र सुन्दर हुने उनले बताए ।
यहाँका फलफूलका रूख उच्च गुणस्तरका रहेकाले तिनीहरू कलमी गरेर उत्पादन हुने बिरुवा उच्चस्तरको हुने उनको भनाइ छ । अस्पतालको बगैँचा क्षेत्रमा अवैध रूपमा मानिसको प्रवेश पनि रोकिने गौतम बताउछन् । उनले भने, “भइरहेका फलफूलका रूखहरू हरेक वर्ष २०र२५ प्रतिशत मर्न थालेका छन् । तिनीहरूको ठाउँमा नयाँ बिरुवा रोपिनेछ ।” अस्पतालले बागवानी व्यवस्थापनका लागि आउँदो वर्ष मन्त्रालयसँग रु पाँच करोड माग गरेको छ ।
अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्मा यो नेपालकै नमूना बागवानी फार्म बन्ने बताउछन् । तत्कालीन अवस्थामा अस्पताल बन्दै गर्दा अस्पतालले ओगटेको भागबाहेकका क्षेत्रमा बागवानीको प्रवद्र्धन गर्दै जाने उल्लेख भएको बताउँदै भने, “अस्पतालमा रहेको बागवानी विभागमा न्यून कर्मचारीले मात्रै काम गर्दै आएका छन् । यसले मात्रै धान्न सकेन ।” विसं २०४८ चैत १५ गते नेपाल र चीन सरकारबीच १०० श्ययाको सुविधासम्पन्न क्यान्सर अस्पताल स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात् २०४९ साल साउन २७ गते भरतपुरस्थित यज्ञपुरी बागवानी फार्मको ७५ बिघा १० कट्ठा जमीन उपलब्ध गराइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालेनले राखेको बोर्ड कसले हटायो ?
चैत १४, २०८० बुधबार
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई नगरपालिकाद्वारा आर्थिक सहयोग
चैत १३, २०८० मंगलबार
आजदेखि चितवनमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
चैत ९, २०८० शुक्रबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
नेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार