बुधबार , असार २, २०७८

कोरोना संक्रमितको घर र अस्पतालमा निशुल्क अक्सिजन अभियानमा नेता भण्डारी

कोरोना संक्रमितको घर र अस्पतालमा निशुल्क अक्सिजन अभियानमा नेता भण्डारी

२६ जेठ, कैलाली । सुदुरपश्चिम प्रदेशका कोरोना संक्रमितको घर र अस्पतालमा निःशुल्क अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री नेपाली कांग्रेसका युवा नेता क्षितिज भण्डारीमार्फत बाँडिएको छ ।

हिजो मंगलबार दार्चुला, डडेल्धुरा, कंचनपुर, अछाम र कैलाली जिल्लाको धनगढी र अत्तरियामा स्वयंसेवक देवराज ओझाको टोलीमार्फत सिलिण्डर वितरण भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कोरोना संक्रमितको तत्कालै ज्यान जोगाउन सुदुरपश्चिम प्रदेशमा १८०० निःशुल्क अक्सिजन सिलिन्डेर दिने सम्झौता भए अनुसार मालाखेती अस्पताल, पदमा अस्पताल, सेवा अस्पताल र सामुदायिक अस्पतालसहित घर र विभिन्न अस्पतालमा ७० सिलेण्डर हरिप्रिया प्रकाश फाउन्डेशनले पठाएको हो ।

chitij bhandari

राजनीतिक भेदभाव नगरीकन नागरिकलाई अक्सिजन निःशुल्क रिफिलिङ्ग लगायत वितरण योजनाको लाभ १८०० अक्सिजन सिलिन्डर मध्ये १०० का दरले सुदुरपश्चिमका ८ जिल्ला अस्पतालमा ८०० र १००० सिलिन्डर प्रदेश राजधानी कैलाली अस्पताल र संक्रमितको घरहरुमा वितरण हुँदैछन् ।

हरिप्रिया प्रकाश फाउन्डेशन र सुर्य शक्ति ग्यास उधोग बीच सुदुरपश्चिमका अस्पतालहरुमा निःशुल्क अक्सिजन सिलिन्डर रिफिलिङ तथा वितरणको छुट्टै ६ लाख पेश्की सम्झौता रकम अध्यक्ष प्रकाशनारायण भण्डारीमार्फत श्याम टायलको कम्पनी र काठमाडौंको गोकर्णेश्वर ट्रेडिङ्ग प्रालिलाई एक लाख ७३ हजार बैना दिईएको धनगढीस्थित निःशुल्क क्वारेन्टाइनका प्रमुख गणेश भण्डारीले बताए ।

hospital

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय