मंगोलियामा राष्ट्रपतिका लागि निर्वाचन शुरु
नेपालबहस संवाददाता
जेठ २६, २०७८ बुधबार २०:०:७
२६ जेठ, मंगोलिया । कोरोना भाइरस महामारी फैलिएकै समयमा मंगोलियामा बुधबार नयाँ राष्ट्रपतिका लागि मतदान शुरु भएको छ ।
कम्युनिष्ट शासन त्यागेर सन् १९९२ मा प्रजातान्त्रिक शासन व्यवस्था अंगालेको मंगोलियामा त्यसयता छैटौं पटक राष्ट्रपतिका लागि निर्वाचन हुन लागेको हो । डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति बन्नु भएका बाटुल्गा खल्टमा भने यस पटक उम्मेदवार भएको छैन ।
मंगोलियाका संविधान अनुसार कुनै पनि राष्ट्रपति दुई कार्यकाल राष्ट्रपति हुन पाउँदैनन् । मंगोलियामा राष्ट्रपतिको कार्यकाल छ वर्षको हुन्छ ।
राष्ट्रपतिका उम्मेदवारहरुमा मंगोलियन पिपुल्स पार्टीबाट पूर्व प्रधानमन्त्री उखनाजिन खुरेलसुख पनि चुनावी मैदानमा छन् । यस दलको संसदमा बलियो बहुमत रहेको छ । विगतमा सैनिक सेवाबाट राजनीतिमा प्रवेश गरेका कारण खुरेलसुखले जितेमा मुलुकको सार्वजनिक मामिलामा सैनिकहरु हाबी हुन सक्ने अनुमान गरिएको छ ।
खुरेलसुखका मुख्य प्रतिस्पर्धीका रुपमा डेमोक्रेटिक पार्टीका सोड्नोजुनदुइन एर्डिन रहेको छ । चुनावी पर्यवेक्षकहरुका अनुसार उनको स्थिति निकै कमजोर छ । उनले मंगोलियन पिपुल्स पार्टीले चुनाव जितेमा मंगोलियामा अधिनायकवाद आउने बताएको छ ।
मंगोलियाको राष्ट्रपतिको पद खासगरी आलंकारिक प्रकृतिको रहेको छ । तर सेनाको नियन्त्रण र सञ्चालनका साथै कतिपय अवस्थामा विधेयकमाथि विशेषाधिकार (भिटो) लगाउने अधिकार राष्ट्रपतिमाथि रहेको छ ।मंगोलियामा संसद, मन्त्रिपरिषद र प्रधानमन्त्रीको कार्यालयमा देशको कार्यकारी अधिकार रहेको छ ।
मंगोलियाको निर्वाचन आयोगका अनुसार चुनावका लागि २१ लाख ५१ हजार व्यक्तिको नाम मतदाता सूचीमा रहेको छ । मतदान कार्य राति १० बजे समाप्त हुनेछ, तर मतपरिणाम कहिले घोषणा हुन्छ भन्ने बताइएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुससँग लड्न युक्रेनले अब उमेर पुगेका नागरिकलाई स्वदेश फिर्ता बोलाउने
बैशाख ११, २०८१ मंगलबार
गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो
बैशाख ११, २०८१ मंगलबार
नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु
बैशाख ११, २०८१ मंगलबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार
ट्याक्टर दुर्घटनाबाट सशस्त्र प्रहरीले बचाए चालकको ज्यान
बैशाख ११, २०८१ मंगलबार
रुससँग लड्न युक्रेनले अब उमेर पुगेका नागरिकलाई स्वदेश फिर्ता बोलाउने
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
बैशाख ११, २०८१ मंगलबार