शुक्रबार , असार ११, २०७८

उमेश रेग्मीको सुनसरी इनरुवा सार्वजनिक

उमेश रेग्मीको सुनसरी इनरुवा सार्वजनिक

सुनसरी जिल्लाको सदरमुकाम इनरुवाको पर्यटकीय प्रवद्र्धन गर्ने उदेश्यका साथ गायक, सङ्गीतकार तथा रचनाकार उमेश रेग्मीले डेढ दशक अघि नै आफ्नो गृहनगर इनरुवाप्रति समर्पित गर्दै ‘सुनसरी इनरुवा’ एल्बम सार्वजनिक गरेका थिए । त्यहि एल्बमको शीर्ष गीतको रिमेक गरी नयाँ भर्सनमा सार्वजनिक गरिएको छ ।

उमेशको शब्द र सङ्गीतमा गायक रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा रिमेक भर्सन सार्वजनिक भएको हो । गीतका शब्दहरुमा इनरुवा र आसपासका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरुको वर्णनसँगै माया–प्रेमका भावना व्यक्त गरिएको छ भने भिडियोमा इनरुवा बजारसहित रामधुनी, देवीथान, लाटी माई, कंश मरण लगायतका मठ मन्दिरहरुको दृश्य समवेश गरिएको छ । भिडियोलाई जीवन्त बनाउन उमेशले कलाकारहरुको टोलिलाई नै इनरुवा उतारेर छायाँकन गराएका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

भिडियोमा गायक रामकृष्ण ढकाल र नायिका रिमा विश्वकर्माले अभिनय गरेका छन् । युवराज वाईबाको निर्देशन रहेको भिडियोको छायाँकन निलास पौडेलले र सम्पादन विकास दाहालले गरेका हुन् । गीतको एरेञ्ज महाराज थापाले गरेका हुन् । गोत्र इन्टरटेनमेन्ट च्यानलबाट भिडियो सार्वजनिक भएको हो । हाल अमेरिकामा रहेका उमेशले एकपछि अर्को नयाँ गीत सार्वजनिक गरिरहेका छन् ।

यसअघि उनले बाबाको दुई पैसे जागिर बोलको गीत सार्वजनिक गरेका थिए । दर्शक स्रोताले उक्त गीत र भिडियो मन पराएका थिए । उनी आफै गाउने, लेख्ने र सङ्गीत भर्ने क्षमता राख्छन् । तर पछिल्लो समय उनले सङ्गीत र शब्दमा जोड दिइरहेका छन् । यसअघि उनको नयाँ गीत ‘एक्का बास्सा मिस्सी’ को भिडियो बजारमा आएको थियो ।

त्यसअघि उनको ‘वैशाख नि बित्यो’ बोलको अर्को भिडियो सार्वजनिक भएको थियो । त्यसैगरी उमेशकै सङ्गीत र टीका प्रसाईंको स्वरमा रहेको गीत ‘मेरो याद’ को भिडियो पनि सार्वजनिक भएको थियो । यो गीतमा उमेशले पनि टीकालाई स्वरमा साथ दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पुनःनिर्माणमा खटिएका इञ्जिनीयरले दोस्रो चरणको आन्दोलन गर्ने पुनःनिर्माणमा खटिएका इञ्जिनीयरले दोस्रो चरणको आन्दोलन गर्ने १२ घण्टा पहिले
रौतहटमा नगरसभा बिथोल्न प्रभु साह पक्षधरबीच झडप, आठ प्रहरीसहित दस घाइते रौतहटमा नगरसभा बिथोल्न प्रभु साह पक्षधरबीच झडप, आठ प्रहरीसहित दस घाइते ११ घण्टा पहिले
कोरोनाबाट दुई दिनमा तीन व्यवसायीको मृत्यु कोरोनाबाट दुई दिनमा तीन व्यवसायीको मृत्यु १५ घण्टा पहिले
वालिङ नगरपालिकाको ७८ करोड बजेट सार्वजनिक वालिङ नगरपालिकाको ७८ करोड बजेट सार्वजनिक १८ घण्टा पहिले
ओलीले मन्त्रीहरुलाई थपे जिम्मेवारी, गृह पौडेललाई, सञ्चार नेम्बाङलाई ओलीले मन्त्रीहरुलाई थपे जिम्मेवारी, गृह पौडेललाई, सञ्चार नेम्बाङलाई १० घण्टा पहिले
पशुपति क्षेत्रमा गुर्जो रोपण अभियान शुरु पशुपति क्षेत्रमा गुर्जो रोपण अभियान शुरु १८ घण्टा पहिले
प्रेस सङ्गठनद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान प्रेस सङ्गठनद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान १६ घण्टा पहिले
स्वास्थ्य क्षेत्रमा बजेट अभाव हुँदैनः मुख्यमन्त्री नेपाली स्वास्थ्य क्षेत्रमा बजेट अभाव हुँदैनः मुख्यमन्त्री नेपाली १० घण्टा पहिले