शुक्रबार , असार ११, २०७८

एनआईसी एशिया बैंकले ऋणपत्र निष्कासन गर्न पायो अनुमति

एनआईसी एशिया बैंकले ऋणपत्र निष्कासन गर्न पायो अनुमति

जेठ २६, काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनआईसी एशिया बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ ।

बोर्डले एनआईसी एशिया बैंकलाई ८ दशमलव ५ प्रतिशत ब्याजदरको ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न जेठ २० गते अनुमति दिएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कुल कित्तामध्ये बैंकले  १ अर्ब ८० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई विक्री गर्नेछ भने १ अर्ब २० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा विक्री गर्नेछ ।

सर्वसाधारणका लागि छुट्याएको मध्येबाट पनि कम्पनीले ५ प्रतिशत सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी सार्वजनिक निष्कासनमा ल्याउनेछ ।

बैंकको ऋणपत्र विक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय