पाँचथर समाजद्धारा १३ लाखको स्वास्थ्य सामग्री सहयोग
नेपालबहस संवाददाता
जेठ २६, २०७८ बुधबार २०:२९:१६
२६ जेठ,पाँचथर । पाँचथर समाज, काठमाडौँले जिल्लाका स्थानीय तहहरूलाई रु १३ लाख बढी मूल्यका स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । समाजका सदस्यहरू तथा दाताहरूबाट सङ्कलित रकमबाट खरिद गरिएका अक्सिजन कन्सन्ट्रेटर, एण्टिजेन किट, मास्क, पल्स अक्सिमिटर, पीपीईलगायत सामग्री समाजले जिल्लाका आठ वटै स्थानीय तहहरूलाई उपलब्ध गराएको हो ।
फिदिममा आयोजित कार्यक्रममा समाजका सचिव एवम् स्वास्थ्य सामग्री वितरण समितिका संयोजक भूमिका सुब्बाले प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक पुण्यप्रसाद ढकालमार्फत स्थानीय तहहरूलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।
समाजले रु १३ लाख २६ हजार ५०० मूल्यका सामग्री उपलब्ध गराएको हो । समाजले जिल्लाका सात वटा गाउँपालिकाहरूलाई एक÷एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । समाजले एण्टिजेन किट सबै गाउँपालिकालाई ५० थानका दरले र फिदिम नगरपालिकालाई ३०० थान उपलब्ध गराएको छ भने सबै स्थानीय तहहरूलाई १५०० थानका दरले मास्क उपलब्ध गराइएको सुब्बाले जानकारी दिए ।
यस्तै समाजले जिल्लाका ६० वटै वडालाई पल्स अक्सिमिटर उपलब्ध गराएको छ । यस्तै डिस्पोजेवल र रियुजेवल पीपीई ५० वटाका दरले उपलब्ध गराइएको सुब्बाले बताए । हालसम्म विभिन्न निकायबाट कोभिड–१९ को संक्रमण रोकथाम तथा उपचारात्मक व्यवस्था फिदिम केन्द्रीत भएको तर पछिल्लो समय ग्रामीण क्षेत्रमा बढ्दो संक्रमणसंग जुध्न स्थानीय तहमा समेत थप तयारी आवश्यक देखिएकाले स्थानीय तह र सुरक्षा निकायलाई केन्द्रीत गरेर सहयोग गरिएको उनको भनाइ छ ।
समाजले काठमाण्डौँमा रहेका कमजोर आर्थिक अवस्थाका पाँचथरेली, उपचाररत, मृतकका परिवार तथा होमआइसोलेशनमा रहेकालाई ५ हजारदेखि २० हजार रुपैयाँसम्म उपलब्ध गराउने योजना गराउन थालेको छ । समाजले हालसम्म ३६ घर परिवारलाई राहत रकम हस्तान्तरण गरिसकेको सुब्बाले जानकारी दिए । समाजले कोभिड–१९ संक्रमणको महामारीमा ‘पाँचथरेली बचाऔँ’ अभियान सञ्चालन गरेको छ । अभियानमा हालसम्म रु १८ लाख, १७ हजार १०५ सङ्कलन भएको समाजले जनाएको छ । “संस्थाका सबै सदस्य र दाताहरूको सहयोगले गर्दा महामारीमा सामग्री उपलब्ध गराउने अवसर समाजले पाएको छ”, समाजका सचिव सुब्बाले भने, “महामारीसँग जुध्न समाजले सहयोगका कार्यक्रम निरन्तर अगाडि बढाउने योजना बनाएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
इलामा-२ मा नेकपा एसले जीतबहादुरलाई दियो टिकट
चैत १५, २०८० बिहिबार
इलाम–२ मा एमालेले सुहाङ नेम्वाङलाई बनायो उम्मेदवार
चैत ११, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार