बुधबार , असार २, २०७८

वर्षाका कारण अवरुद्ध हुने सडक तुरुन्त खुलाउन विभागको तयारी

वर्षाका कारण अवरुद्ध हुने सडक तुरुन्त खुलाउन विभागको तयारी

२६ जेठ,काठमाडौं । वर्षाका कारण बाढी र पहिराले अवरोध पु¥याउँदा सडक तुरुन्त खुलाउन सडक विभागले तयारी शुरु गरेको छ । कोभिड–१९ विरुद्धको खोप, औषधि, अक्सिजनलगायतका स्वास्थ्य सामग्री आउने सडकलाई लामो समय अवरुद्ध हुन नदिने गरी तयारी गरिएको विभागले जनाएको छ । यस वर्ष विगत वर्षभन्दा भारी वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ । त्यस कारण सडकमा बढी क्षति पुग्नसक्ने विभागको सम्भार महाशाखाका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए ।

सडक विभागले पहिरो र बाढीको जोखिम भएका सडकको पहिचान गरी त्यसका आधारमा तयारी अघि बढाएको हो । जोखिम भएका कुनकुन ठाउँमा कति उपकरण आवश्यक छन् त्यहीअनुसार हेभी इक्युपमेन्ट कार्यालयहरुमा पत्राचार भइसकेको छ । विभागअन्तर्गत सात हेभी इक्युपमेन्ट डिभिजन छन् । उनले भने, “डिभिजन वा हेभी इक्युपमेन्ट कार्यालयको समन्वयमा आवश्यक तयारी गरिरहेका छन् ।”

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

अहिले कुनै पनि सडक पहिरो वा बाढीकै कारण अवरुद्ध नरहेको विभागले जनाएको छ । केही दिनपहिले बुटवल–पाल्पा सडक पहिराका कारण अवरुद्ध बनेको थियो । अहिले डिभिजन सडक कार्यालय पाल्पाले खुलाइसकेको छ । उनले भने, “सबै ठाउँमा उपकरण तयारी अवस्थामा नै हुन्छ वर्षा कम हुनासाथ सडक खुलाइन्छ ।”

देशभरमा डिभिजन सडक कार्यालय र हेभी इक्युपमेन्ट कार्यालयमार्फत उपकरण तथा जनशक्ति तयारी अवस्थामा राखिएको हो । गत आवमा वर्षाको समयमा सडक नै भासिएर लामो समय अवरुद्ध बनेको अरनिको राजमार्ग यस वर्ष लामो समय अवरुद्ध हुने अवस्था नआओस् भनेर तयारी भइरहेको उपमहानिर्देशक अधिकारीले बताए । सामान्य पहिरो तुरुन्त सफा गर्न सकिने भए पनि सडक नै भासिँदा वा ठूलो पहिरो जाँदा तत्काल हटाउन गाह्रो हुन्छ । राजमार्गमा बाह्रबिसे माथितिर अप्ठेरो ‘एलाइनमेन्ट’ रहेको छ ।

उक्त सडकबाट मेडिकल सामान ल्याउनुपर्ने हुँदा पहिराले लामो समय नरोकियोस् भन्नेमा ध्यान दिइएको अधिकारीले बताए । विभागले पहिरो हटाउन आवश्यक उपकरण तयारीमा राखिसकेको छ । बढी बिग्रने सडक खण्डमा मर्मत भइरहेको उनले बताए । उनले भने, “अहिले निषेधाज्ञाले मजदूर नपाएर काम गर्न गाह्रो भएको छ ।”

विभागले सामान्य पहिरो भएमा तुरुन्त खुलाउन सकिने भए पनि पूरै हटाउन नसक्ने अवस्थामा एकतर्फको पहिरो हटाएर पनि सडक पुनः सञ्चालन गर्दै आएको छ । सडकको एक छेउबाट सवारीसाधन आवतजावत गर्नसक्ने गरी खुलाइने गरिएको छ । सडक पूरै भासिएर एकतर्फसमेत खुलाउन नसकिने भएमा अर्को कुनै वैकल्पिक सडकको खोजी गरिन्छ । विभिन्न विकल्पमध्ये सडकको अवस्था हेरेर उपयुक्त विकल्प खोजिने उनले बताए ।

डिभिजन सडक कार्यालय दमौलीका प्रमुख अमितकुमार श्रेष्ठले यही जेठ १५ गतेदेखि नै सम्भावित ठाउँमा आवश्यक उपकरण राखिएको बताए । उनका अनुसार पहिराको जोखिम भएका ठाउँमा स्काभेटर राखिएको छ । डिभिजनले अहिले भएका उपकरण पर्याप्त नभएको भन्दै विभागसँग थप चार उपकरण माग गरेको छ । केही दिनपहिले बुटवाल–पाल्पा सडक पहिराका कारण दुई दिनसम्म अवरुद्ध बनेको थियो । उनले भने, “सडक खुलाउनका लागि हामीलाई थप उपकरण र प्राविधिक जनशक्ति आवश्यक छ ।”

गत वर्ष पनि वर्षाका कारण धेरै सडक क्षतिग्रस्त बनेका थिए । निर्माण सम्पन्न भइसकेकाभन्दा निर्माणाधीन सडकमा बाढी र पहिराको बढी समस्या आउने गरेको छ । अरनिको राजमार्ग, कर्णाली राजमार्ग, विपी राजमार्ग, महेन्द्र राजमार्ग, सिद्धार्थ राजमार्गलगायत सडक अवरुद्ध बनेका थिए । अरनिको राजमार्गमा लामोसाँघु बाह्रबिसे सडकमा करीब १०० मिटर सडक पूरै सुनकोशी खोलाले बगाएको थियो ।

त्यस्तै खग्दोलस्थित १८० मिटर सडक भोटेकोशी खोलाले बगाएको थियो । बेनी जोमसोम कोरोला सडकका विभिन्न खण्ड पहिराले पुरिएकन थिए भने सो सडकमा माथिबाट आएको पहिराले बेलिब्रिज बगाउँदा सडक अवरुद्ध भएको थियो । साँफेबगर–मार्तडी सडक पनि लामो समयसम्म अवरुद्ध थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

वाई वाइग्लोकल टिन हिरो नेपाल सातौं संस्करणका लागि आवेदन खुल्ला ! वाई वाइग्लोकल टिन हिरो नेपाल सातौं संस्करणका लागि आवेदन खुल्ला ! ५ दिन पहिले
सिटिजन्स बैंकको सातौँ विशेष साधारण सभा सम्पन्न, सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित सिटिजन्स बैंकको सातौँ विशेष साधारण सभा सम्पन्न, सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित ६ दिन पहिले
देशभर आंशिकदेखि सामान्य बदली, काठमाडौंमा बिहानैदेखि वर्षा देशभर आंशिकदेखि सामान्य बदली, काठमाडौंमा बिहानैदेखि वर्षा ४ दिन पहिले
जर्मनीले सहयोगस्वरुप नेपाललाई ४ अर्ब ८० करोड दिने जर्मनीले सहयोगस्वरुप नेपाललाई ४ अर्ब ८० करोड दिने २ दिन पहिले
सभामुख सापकोटा राजनीतिक दलका प्रमुखहरुसंग छलफलमा सभामुख सापकोटा राजनीतिक दलका प्रमुखहरुसंग छलफलमा ५ दिन पहिले
मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै ६ दिन पहिले
राजनीतिक दलका प्रमुखहरुसंग छलफलमा सहभागी हुने क्रममा जसपा नेता यादव राजनीतिक दलका प्रमुखहरुसंग छलफलमा सहभागी हुने क्रममा जसपा नेता यादव ५ दिन पहिले
हाइड्रोइलेक्ट्रीसिटीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन हाइड्रोइलेक्ट्रीसिटीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन ६ दिन पहिले
३२ वर्ष पुरानो शुभतारा बन्द हुँदा अभिभावक चिन्तामा ३२ वर्ष पुरानो शुभतारा बन्द हुँदा अभिभावक चिन्तामा २ हप्ता पहिले
न्यायधीशद्वय केसी र श्रेष्ठप्रति आपत्ति न्यायधीशद्वय केसी र श्रेष्ठप्रति आपत्ति २ हप्ता पहिले
अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ७ लाख ४३ हजार कित्ता शेयर खरीद माग अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ७ लाख ४३ हजार कित्ता शेयर खरीद माग २ हप्ता पहिले
व्यापारी दम्पतीको हत्या आरोपित सात वर्षपछि पक्राउ व्यापारी दम्पतीको हत्या आरोपित सात वर्षपछि पक्राउ ३ दिन पहिले
अस्ट्रेलियाली सीमा खोल्न अझै सुरक्षित छैनः प्रधानमन्त्री मोरिसन अस्ट्रेलियाली सीमा खोल्न अझै सुरक्षित छैनः प्रधानमन्त्री मोरिसन ४ हप्ता पहिले
भारी हिमपात र वर्षाले रानीखर्कमा ५० वटा भेडाबाख्रा मरे भारी हिमपात र वर्षाले रानीखर्कमा ५० वटा भेडाबाख्रा मरे ३ हप्ता पहिले
वार्षिक परीक्षा नलिन पोखरा महानगरको निर्देशन वार्षिक परीक्षा नलिन पोखरा महानगरको निर्देशन ४ हप्ता पहिले
संविधान समाप्त गर्ने र मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र भयो:  शेखर कोइरला संविधान समाप्त गर्ने र मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र भयो:  शेखर कोइरला ४ हप्ता पहिले