मंगलबार , असार ८, २०७८

राष्ट्रिय जनमोर्चाले सर्वोच्चमा हाल्यो ‘भ्याकेट’, कृष्ण थापा पदमुक्त होलान् ?

राष्ट्रिय जनमोर्चाले सर्वोच्चमा हाल्यो ‘भ्याकेट’, कृष्ण थापा पदमुक्त होलान् ?

२६ जेठ, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापालाई पुर्नबहाली गर्न दिएको आदेशबिरुद्ध राष्ट्रिय जनमोर्चाले पुनरावलोकन निवेदन (भ्याकेट) दिएको छ । पार्टीले प्रदेशसभा सदस्यबाट निश्काशन गरेको निर्णयमा चित्त नबुझाई थापाले दिएको रिटमा सर्वोच्चले उनीमाथि गरेको कारवाहीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो

सर्वोच्चको आदेशविरुद्ध राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेशसभा संसदीय दलले पुनरावलोकन निवेदन दिएको दलकी नेता पियारी थापाले जानकारी दिइन् । उक्त पुनरावलोकन निवेदन बुधबार सर्वोच्च अदालतमा दर्ता भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

पार्टीको निर्णय र ह्वीप नमानेको भन्दै राष्ट्रिय जनमोर्चाले सांसद कृष्ण थापालाई दलबाट निष्कासन गरी प्रदेशसभा सचिवालयमा जानकारी गराएको थियो । त्यसपछि सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा बैठकमा थापालाई दलले कारबाही गरेको जानकारी आएको सूचना पढेपछि थापा सांसद पदबाट पदमुक्त भएका थिए ।

रिटमा थापाले विपक्षी बनाएका राष्ट्रिय जनमोर्चा, उसको गण्डकी प्रदेशसभा संसदीय दल, गण्डकी प्रदेशसभा सचिवालय र सभामुख नेत्रनाथ अधिकारीलगायत विपक्षीले पुनरावलोकन निवेदन दिएको राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय