सोमबार , असार ७, २०७८

प्रतिनिधिसभा बिघटन मुद्धामा कारण देखाउ आदेश जारी

प्रतिनिधिसभा बिघटन मुद्धामा कारण देखाउ आदेश जारी

२६ जेठ, काठमाडौं । लामो छलफल र सामान्य विवादपछि अन्ततः सर्वाेच्च अदालतको जारी प्रतिनिधिसभा बिघटन सम्बन्धी रिटमा कारण देखाउ आदेश मात्र जारी भएको छ । साथै, विपक्षीलाई आगामी असार ९ गते भित्र बिघटनको कारण पेश गर्न आदेश भएको अदालत स्रोतले बताएको छ ।

आगामी असार ९ गतेबाट यो मुद्धाको निरन्तर सुनुवाई गर्ने पनि इजलाशले प्रष्ट्याएको छ । प्रधानमन्त्री केपी ओलीले जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वाेच्च अदालतमा ३० वटा रिट दायर भएका छन् । रिटमाथि संवैधानिक इजलाशमा आजबाट विषय केन्द्रित बहस सुरु भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

किन भएन अन्तरिम आदेश ?

आजबाट विषय केन्द्रित भई प्रतिनिधिसभा विघटनबारे थालिएको सुनुवाईमा अन्तरिम आदेश दिने की नदिने भन्ने सन्दर्भमा न्यायधीशहरुबीच राय बाझिएको थियो ।

रिट निवेदकका पक्षबाट आज वरिष्ठ अधिवक्ताद्वय महादेव यादव र शम्भु थापाले संविधानको धारा ७६ ( ५) कृयाशील हुन धारा ७६ (४) को प्रावधानको परीक्षण हुनुपर्ने र त्यसका लागि प्रतिनिधिसभाले मात्र परीक्षण गर्नसक्ने तर्क गरेका थिए ।

सर्वोच्च स्रोतका अनुसार त्यसैले प्रस्तुत रिटमा तत्कालै अन्तरिम आदेश जारी गरी प्रतिनिधिसभा बैठक बोलाएर परीक्षण गर्नुपर्ने तर्कलाई तीनजना न्यायधीशहरुले स्वीकारेका थिए । तर सुरुमै दुईवटा मत नबनोस् भनेर न्यायाधीशहरुले एउटै राय बनाउने प्रयत्न गरे ।

त्यसैले नियमित टी ब्रेक भन्दा बढी समय छलफलमा न्यायाधीशहरु बसेका थिए । तर अन्तिममा हाललाई कारण देखाउ आदेश मात्र जारी गर्नेमा सबै न्यायमूर्तिहरु सहमत भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

राइफल पड्किएर ड्युटीमै रहेका सेनाका जवान घाइते राइफल पड्किएर ड्युटीमै रहेका सेनाका जवान घाइते २ घण्टा पहिले
राहत लिएर गएको सेनाको हेलिकप्टर चामेमै रोकियो राहत लिएर गएको सेनाको हेलिकप्टर चामेमै रोकियो १७ घण्टा पहिले
हकप्रद निष्कासका लागि नारायणी डेभलपमेन्ट बैंकले धितोपत्र बोर्डमा दियो निवेदन हकप्रद निष्कासका लागि नारायणी डेभलपमेन्ट बैंकले धितोपत्र बोर्डमा दियो निवेदन ४ घण्टा पहिले
पशुपालनबाट आयआर्जन वृद्धि गराउन ‘एक घर एक पशु बीमा’ कार्यक्रम लागू पशुपालनबाट आयआर्जन वृद्धि गराउन ‘एक घर एक पशु बीमा’ कार्यक्रम लागू २ घण्टा पहिले
योग परम्परालाई नयाँ उचाइबाट अघि बढाइनुपर्छः उपप्रम पौडेल योग परम्परालाई नयाँ उचाइबाट अघि बढाइनुपर्छः उपप्रम पौडेल ३४ मिनेट पहिले
चैते धान भित्र्याउन नपाउँदा भजनीका किसान समस्यामा चैते धान भित्र्याउन नपाउँदा भजनीका किसान समस्यामा ३ घण्टा पहिले
स्थानीय तथा व्यवसायीहरु सुरक्षित स्थानतर्फ सामान सार्दै स्थानीय तथा व्यवसायीहरु सुरक्षित स्थानतर्फ सामान सार्दै २० घण्टा पहिले
धिताेपत्र बोर्डको ‘एक्सन’ पछि बजारमा आएको पहिरो रोकिएन धिताेपत्र बोर्डको ‘एक्सन’ पछि बजारमा आएको पहिरो रोकिएन २ घण्टा पहिले