मंगलबार , असार १, २०७८

चितवनमा जारी निषेधाज्ञा खुकुलो

चितवनमा जारी निषेधाज्ञा खुकुलो

२६ जेठ, चितवन । चितवनमा कोरोना भाइरस नियन्त्रणका लागी जारी निषेधाज्ञालाई खुकुलो बनाएको छ । जिल्लामा यो सातादेखि निषेधाज्ञामा केही खुकुलो बनाइएको हो ।

यसअघि खाद्य सामग्री पसल विहान ९ बजेसम्म खुलेकामा १० बजेसम्म पुर्‍याइएको छ । निषेधाज्ञा खुकुलो भएसँगै पाठ्यपुस्तकका पसल र कृषि, मल बीऊसम्बन्धी पसल पनि विहान १० बजेसम्म खोल्न पाइने भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

असार पहिलो हप्तादेखि शैक्षिक सत्र सुरु हुने भएकाले विद्यालयसम्म पुस्तक ढुवानीका लागि पुस्तक पसल पनि खोल्ने निर्णय समेत भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

चितवनमा यसअघि जेठ १५ देखि जारी गरिएको निषेधाज्ञा बिहीबार सकिँदैछ । खुकुलो निषेधाज्ञाको व्यवस्था बिहीबारदेखि असार ३ गते राति १२ बजेसम्म लागू हुनेछ ।

चितवनमा अब निषेधाज्ञाको समयमा वर्कसपहरु पनि खुल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय