बुधबार , असार २, २०७८

भारतमा अब बायोटेक कोभ्याक्सिन खोपको मूल्य कति ?

भारतमा अब बायोटेक कोभ्याक्सिन खोपको मूल्य कति ?

२६ जेठ, काठमाडौं । भारतमा निजी अस्पताललाई कोरोना खोपको मूल्य तोकिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले निजी अस्पतालले दिने कोरोना भाइरसविरुद्धको खोपको मूल्य तोकेको हो

मंगलबार गरिएको घोषणा अनुसार भारतमा अब बायोटेकको कोभ्याक्सिन खोपको मूल्य बढीमा प्रतिडोज १ हजार १४० भारतीय रुपैयाँ लिन पाइनेछ भने सेरम इन्स्टिच्युटले उत्पादन गर्ने कोभिसिल्डको मूल्य बढीमा प्रतिडोज ७८० भारु तोकिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

त्यस्तै रुसी खोप स्पुतनिक भीको मूल्य भने प्रतिडोज १ हजार १४५ तोकिएको छ । समाचार एजेन्सीका अनुसार निजी खोप केन्द्रले उचित शुल्कभन्दा धेरै लिएको पाइएमा कडा कारबाही गरिने चेतावनी दिइएको छ । मन्त्रालयले राज्य र स्थानीय अधिकारीहरुलाई पनि निरन्तर अनुगमन गर्न आग्रह गरेको छ ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खोप वितरणको नीति परिवर्तन गर्दै जुन २१ देखि १८ वर्षमाथिका सबैलाई सरकारले निःशुल्क खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय