अमेरिकी धनाढ्यहरूको आयकर विवरण: कसले- कति तिर्छन् ?
नेपालबहस संवाददाता
जेठ २६, २०७८ बिहिबार ०:१७:४४
२६ जेठ, एजेन्सी । अमेरिकी धनाढ्यहरूको आयकर विवरण सार्वजनिक भएको छ । एउटा समाचार साइटले अमेरिकी खर्बपतिहरूको कति कर तिर्छन् भन्ने दस्ताबेजको विवरण फेला पारेको दाबी गरेको छ। प्रोपब्लिकाले जेफ बेजोस, इलोन मस्क र वारेन बफेटसहित विश्वका सबैभन्दा धनी व्यक्तिहरूको कर चुक्ता दस्ताबेज देखेको बताएको बीबीसीले उल्लेख गरेकाे हाे ।
वेबसाइटका अनुसार बेजोसले सन् २००७ र २०११ मा एक पैसा पनि कर तिरेनन् भने टेस्लाका मस्कले सन् २०१८ मा कुनै कर तिरेनन्। ह्वाइट हाउसका एक प्रवक्ताले दस्ताबेज बाहिरिनुलाई गैरकानुनी भनेका छन् भने एफबीआई र कर निकायले अनुसन्धान सुरु गरेका छन्।
प्रोपब्लिकाले खर्बपतिहरूको कर सम्बन्धी ठूलो तथ्याङ्क विश्लेषण गर्दै गरेको र यसबारे थप विवरण आगामी साताहरूमा प्रकाशित गर्ने बताएको छ। प्रोपब्लिकाको समाचार अमेरिकामा धनीहरूले तिर्ने करको बारेमा भइरहेको वादविवादका बीच आएको हो।
प्रोपब्लिकाका अनुसार अमेरिकाका सबैभन्दा धनी २५ जनाले तिर्ने औसत १५.८ प्रतिशत कुल आयकर धेरै अमेरिकी मूलधार कामदारले तिर्ने करको औसत प्रतिशतभन्दा कम छ। उनीहरूले अन्य नागरिकले जस्तै चन्दा दिएर र तलबबाट भन्दा पनि लगानीबाट पैसा कमाएको देखाएर आफ्नो आयकर कम गर्न सकेका हुन्।
कति कमाए, कति तिरे ?
प्रोपब्लिकाले फोर्ब्स पत्रिकाको तथ्याङ्क प्रयोग गरेर सन् २०१४ देखि सन् २०१८ मा अमेरिकाका धनाढ्य २५ व्यक्तिको कुल सम्पत्तिमा चार खर्ब डलर वृद्धि भएको भए पनि उनीहरूले जम्मा साढे १३ अर्ब डलर आयकर तिरेको बताएको छ।
राष्ट्रपति जो बाइडनले समानता बढाउन र आफ्नो विशाल पूर्वाधार विकासको योजनाका लागि पैसा उठाउन धनी अमेरिकीहरूको करको दायरा बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले करको उच्च दर वृद्धि गर्ने, लगानीबाट हुने आम्दानीको कर दोबर गर्न र पैतृक सम्पतिको कर फेर्ने बताएका छन्। तर प्रोपब्लिकाले यी परिवर्तन गर्दा पनि केही बाहेक धेरै धनाढ्यले तिर्ने करमा खासै परिवर्तन नहुने बताएको छ।
प्रोपब्लिकाले अर्का खर्बपति जर्ज सोरसले पनि कमै कर तिर्ने बताएको छ। उनको कार्यालयले बीबीसीलाई प्रतिक्रिया नदिए पनि एक विज्ञप्ति जारी गरी केही वर्ष लगानीमा घाटा भएका कारण सोरसले कर तिर्नु नपरेको बताएको छ।
सो विज्ञप्तिमा उनले लामो समयदेखि अमेरिकाका धनी व्यक्तिहरूलाई उच्च कर हुनुपर्ने कुराको समर्थन गरेको पनि बताइएको छ। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार न्यूयोर्कका पूर्वमेयर माइकल ब्लूमबर्गले सो खुलासाले व्यक्तिगत गोपनीयताको प्रश्न उठाएको र कानुनी बाटोबाट सो समाचारको स्रोत खोज्न प्रयास गर्ने बताएका छन्।
प्रोपब्लिकाले अमेरिकी कर निकायलाई दिइएको कम बजेटका कारण कर नियमहरू कडाइका साथ पालना गराउने कार्यालयको क्षमतामा कमी आएको समाचारहरू प्रकाशित गरेको थियो। सोही समाचारको प्रतिक्रियास्वरूप ती दस्ताबेज प्राप्त भएको जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार