शुक्रबार , असार ११, २०७८

भदौमा महाधिवेशन हुने भएकाले भ्रममा नपर्न देउवाकाे आग्रह

भदौमा महाधिवेशन हुने भएकाले भ्रममा नपर्न देउवाकाे आग्रह

२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन भदौमै हुने बताएका छन् । बूधबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले २०७८ भदौमा पार्टीको महाधिवेशन हुने भएकाले भ्रममा नपर्नु आग्रह गरेका छन् ।

देउवाले भनेका छन्— ‘पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जीवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु— २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिवद्ध छु जारी विज्ञप्तिमा उल्लेख छ ।

आफू महाधिवेशन गर्न पूर्ण प्रतिबद्ध भएको प्रण गर्दै सभापति देउवाले अन्य नेता र कार्यकर्ताहरुलई भ्रममा नपर्न आग्रहसमेत गरेका छन् ।

‘महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन । बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य हो,’ सभापति देउवाले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सर्वाेच्च अदालतमा भइरहेको सुनुवाई रोचक सर्वाेच्च अदालतमा भइरहेको सुनुवाई रोचक ३ दिन पहिले
जातीय विभेदको घटनामा राज्यको असंवेदनशीलता भर्त्सनायोग्य भएकाे टिप्पणी जातीय विभेदको घटनामा राज्यको असंवेदनशीलता भर्त्सनायोग्य भएकाे टिप्पणी १६ घण्टा पहिले
महिला स्वास्थ्य स्वयंसेविकालाई स्टिल दराज वितरण महिला स्वास्थ्य स्वयंसेविकालाई स्टिल दराज वितरण ३ दिन पहिले
टिकटकको अत्यधिक लोकप्रियतासँगै बाइटडान्सको नाफा दोब्बरले बढ्यो टिकटकको अत्यधिक लोकप्रियतासँगै बाइटडान्सको नाफा दोब्बरले बढ्यो ६ दिन पहिले
अरुण भ्याली हाइड्रोपावरको बिक्री नभएको हकप्रद शेयर आजदेखि लिलामीमा अरुण भ्याली हाइड्रोपावरको बिक्री नभएको हकप्रद शेयर आजदेखि लिलामीमा २ दिन पहिले
डा. खतिवडा कोष्टारिकाका लागि गैरआवासीय राजदूत नियुक्त डा. खतिवडा कोष्टारिकाका लागि गैरआवासीय राजदूत नियुक्त ३ दिन पहिले
आँधीखोलाले ‘जाऊ’ हैं अन्धाअन्धी श्रवणकुमार अभियान’ समेट्दै नीति तथा कार्यक्रम सार्वजनिक आँधीखोलाले ‘जाऊ’ हैं अन्धाअन्धी श्रवणकुमार अभियान’ समेट्दै नीति तथा कार्यक्रम सार्वजनिक ४ दिन पहिले
महिला उद्योमीलाई ढाका बुन्ने तान वितरण महिला उद्योमीलाई ढाका बुन्ने तान वितरण ३ दिन पहिले