बुधबार , असार २, २०७८

जनप्रतिनिधिसंग इच्छाशक्ति भए कोभिड उपचार निशुल्क गर्न सकिने

जनप्रतिनिधिसंग इच्छाशक्ति भए कोभिड उपचार निशुल्क गर्न सकिने

 २६ जेठ, स्याङ्जा । केही स्थानीयतहले पैसा कमाउने समयको रुपमा प्रयोग गरिरहेका बेला स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले खिम थापाले भने जनप्रतिनिधिसंग इच्छाशक्ति भए कोभिड उपचार निशुल्क गर्न सकिने बताएका छन् ।

कोभिडको दोश्रो भेरिएण्टको जोखिमलाई मध्यनजर गर्दै गाउँ गाउँमा परिक्षणको दायरा पुर्याउनु भएका थापाले ननेपाल बहस डटकमसंग कुराकानीमा जनतालाई समस्य पर्दा जनप्रतिनिधि बढी संबेदनसिल भएर लाग्नुपर्ने बताएका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

गत फागुन १० गते देखि कालीगण्डकी सात मिर्मीमा संचालनमा आएको कालीगण्डकी अस्पताललाई हाल कोभिड अस्पताल बनाएर निशुल्क उपचार हुँदै आएको छ । हालसम्म २३ जना कोभिड बिरामीको भर्ना गरेको अस्पतालबाट २० जना निको भएर घर फर्किएका छन्, भने ६ जनालाई अन्य अस्पतालमा रिफर गरिएको छ । त्यस्तै उपचारको क्रममा एवम् रिफरकै अस्पतालमा भर्ना भएका मध्य ६ जनाको मृत्यु भएको छ ।

Screenshot 20210609 135111 Gallery

गाउँ गाउँमा आयुर्वेदिक औसधि सहितको स्वास्थ टोलि परिचालन गर्नुभएका थापाले उक्त अस्पतालमा छुट्टाछुट्टै स्थानमा कोभिड र ननकोभिड दुबै सेवा संचालन गर्दै आएका छन् । एक जना डाक्टर कोभिड उपचारको लागि छुट्टै परिचालन गरिएको छ भने नन कोभिडको लागि छुट्टै एक जना डाक्टर गरि जम्मा २३ जना स्टाफ कार्यरत अस्पतालले कोभिडको समय खर्च धान्न गाह्रो भएपनि कोभिड उपचार भने निशुल्क गर्दै आएको छ ।

३६ सैयाको बेड सहितको अस्पताल संचालन गर्ने उदेश्य साथ हालसालै गाउँपालिकाले सुरु गरेको अस्पतालले कोभिड निशुल्क गर्दा स्याङ्जाका केही स्थानीय तहले भने अस्पताल खर्च धान्न मुस्किल भएको भन्दै मनग्ये पैसा लिदै आएका छन् । अस्पतालले गत आइतबारदेखि सरकारी स्वास्थ बिमाको कार्यक्रम समेत थप गरि अस्पतालको सेवालाई थप प्रभावकारी बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय