मंगलबार , असार १, २०७८

मुख्यमन्त्री राउतले गरे कांग्रेसलाई समेटेर मन्त्रिपरिषद विस्तार

मुख्यमन्त्री राउतले गरे कांग्रेसलाई समेटेर मन्त्रिपरिषद विस्तार

 २६ जेठ, काठमााडाैं ।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद विस्तार गरेका छन्। उनले नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराएर बुधबार साँझ मन्त्रिपरिषद विस्तार गरेका हुन्।

राउतले कांग्रेसबाट सरकारमा सहभागी संसदीय दलका नेता रामसरोज यादव भौतिक पूर्वाधार विकास, ओमप्रकाश शर्मा खानेपानी तथा उर्जा विकास र वीरेन्द्र सिंहलाई महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका छन्।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

तीनजना मन्त्रीले बुधबार राति ९ः ४५ बजे पद तथा गोपनीयताको शपथ लिएका छन्। मधेश भवन परिसरमा उनीहरुलाई प्रदेश प्रमुख राजेश झा अहिराजले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

अब योसँगै लालबाबु सरकारमा एक मुख्यमन्त्री, ८ मन्त्री र तीन राज्यमन्त्रीसहित मन्त्रिमण्डलको संख्या १२ पुगेको छ। कांग्रेसलाई दिएको तीन मन्त्रालयमा राज्यमन्त्री खाली छ भने अन्य दुई मन्त्रालयमा मन्त्री र राज्यमन्त्री खाली छ। सबै पदपुर्ति भएको खण्डमा मन्त्रिमण्डलको संख्या २१ पुग्ने छ।

Prov 2

प्रदेश सरकारले कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन ६ वटा मन्त्रालय टुक्र्याएर १० वटा बनाएको छ। भौतिक पूर्वाधार, सामाजिक विकास, आन्तरिक मामिला तथा कानुन र वन, उद्योग, पर्यटन र वातावरण मन्त्रालय फुटाएको छ। माओवादीलाई एक मात्र मन्त्रालय दिने भनेपछि सरकारमा जान अस्वीकर गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न उपप्रमको निर्देशन स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न उपप्रमको निर्देशन ३ हप्ता पहिले
तीन वाणिज्य बैंकसहित पाँच कम्पनीको सर्किट लेबलमा कारोबार तीन वाणिज्य बैंकसहित पाँच कम्पनीको सर्किट लेबलमा कारोबार १ हप्ता पहिले
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट कम्पनीलाई ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्न दियो धितोपत्र बोर्डले अनुमति हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट कम्पनीलाई ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्न दियो धितोपत्र बोर्डले अनुमति ३ हप्ता पहिले
आठ हाइड्रो सहित ११ कम्पनीको उच्च शेयर माग, कुनको कति ? आठ हाइड्रो सहित ११ कम्पनीको उच्च शेयर माग, कुनको कति ? ५ दिन पहिले
चौधरी उद्योगमा लागेको आगो नियन्त्रणमा चौधरी उद्योगमा लागेको आगो नियन्त्रणमा २ हप्ता पहिले
रिटलाई संवैधानिक इजलासमा पठाइयाे रिटलाई संवैधानिक इजलासमा पठाइयाे ३ हप्ता पहिले
बैंकहरुले मोवाइलमा म्यासेज पठाएर वा इमेल गरेर ग्राहकलाई व्याजदर परिवर्तनको जानकारी गराउनु पर्ने बैंकहरुले मोवाइलमा म्यासेज पठाएर वा इमेल गरेर ग्राहकलाई व्याजदर परिवर्तनको जानकारी गराउनु पर्ने ४ हप्ता पहिले
हुम्लामा लक्षण विनाका संक्रमित भेटिए हुम्लामा लक्षण विनाका संक्रमित भेटिए १ हप्ता पहिले