मंगलबार , असार ८, २०७८

स्वास्थ्यमन्त्रीसँग २२ तोला सुन, पत्नीको नाममा २० रोपनी जग्गा !

स्वास्थ्यमन्त्रीसँग २२ तोला सुन, पत्नीको नाममा २० रोपनी जग्गा !

२७ जेठ, काठमाडौं । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको काठमाडौंसहित देशका विभिन्न १४ ठाउँमा जग्गा रहेको बताइएको छ ।

पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा छ । उनकी पत्नी उषाकला राईको नाममा मोरङ र खोटाङमा जग्गा छ भने तामाङको नाममा काठमाडौं र सिन्धुपाल्चोकमा जग्गा रहेको सार्वजनिक गरिएको सम्पती विवरणमा उल्लेख गरिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

स्वास्थ्यमन्त्री तामाङले आफूसँग २२ तोला सुन रहेको बताएका छन् । उनको काठमाडौंको गोकर्णेश्वरमा घरसहितको जग्गा छ । उनले सार्वजनिक गरेको सम्पत्ति विवरण तल उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय